बागलुङ,९ कार्तिक–नेपाल महिला संघ जिल्ला कार्य समिति बागलुङको बैठक सम्पन्न भएको छ । बैठकले आगामी निर्वाचनका लागि अध्यक्ष शकुन्तला शर्माको संयोजकत्वमा २५ सय १ सदस्यीय महिला परिचालन समिति गठन गरेको छ । बैठकले ४ प्रदेशमा एक जना महिला संयोजक तोकेको छ । जसअन्र्तगत क्षेत्र १ को प्रदेश नं १ को संयोजकमा हुमाकुमारी रिजाल, क्षेत्र १ प्रदेश २ मा उषा पौडेल, क्षेत्र २ प्रदेश १ मा भिमकली श्रीस, क्षेत्र २ प्रदेश २ मा लिलमाया पुनलाई संयोजक तोकिएको छ । प्रदेश संयोजकले प्रदेश स्तरको बैठक राख्ने र प्रदेशस्तरको महिला परिचालन समिति गर्ने र तल्ला तहसम्म पार्टीका संगठन विस्तार गर्ने, प्रचारप्रसारमूलक कार्यक्रम,सभा र बैठक आयोजना गर्ने छन । आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउनका लागि सवै महिलाहरु एकताबद्ध बन्नका लागि सवै लाग्नुपर्ने सहभागीको जोड थियो । त्यस्तै बैठकले कार्यक्रमको समिक्षा, बधाइ तथा शुभकामना, शोक प्रस्ताव पारित गरेको छ । कार्यक्रमको अध्यक्षता नेपाल महिला संघका अध्यक्ष शकुन्तला शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Previous Article जनपक्षिय निर्वाचन
Next Article आचारसंहिता उल्लंघन गरे कडा कार्वाहीः अधिकृत