बागलुङ,९ कार्तिक–आइतवार उमेदवारी दर्त गरेका मध्ये बाम गठबन्धनका ४ उमेदवारले बुधवार नाम फिर्ता लिएका छन् । ३१ उमेदवारी परेकोमा अन्तिम नामाबली प्रकाशन गर्दा २७ जना मात्र उमेदवार कायम रहेका छन् । बुधवार धनबहदुर विश्वकर्मा, गंग थापा, दधिराम शर्मा र पूर्णबहादुर क्षेत्रीले स्वतन्त्र उमेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत प्रकास प्रसाद पंडितले बताए । उमेदवारी फिर्ता लिनेमा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका कार्यकर्ता हुन् ।
उमेदवारी फिर्ता पछि बागलुङ १ को संघिय सदस्यमा कांग्रेसबाट सहकारी तथा गरिवी निवारण राज्यमन्त्री चम्पादेवी खड्का, बामपन्थी गठबन्धनबाट एमालेका सूर्य पाठक उमेदवार छन् । नयाँ शक्तिका कृष्णप्रसाद शर्मा, संघिय समाजवादी फोरमका महेन्द्र बहादुर जिसी, राप्रपा राष्ट्रबादीका सुमनजंग राजभण्डारी, नेकपा मालेका निरबहादुर क्षेत्री लगायत छन् । १ को क बाट कांग्रेसका दिपेन्द्रबहादुर थापा, बाम गठबन्धनका इन्द्रलाल सापकोटा, संघिय समाजवादीका बद्रीकुमार श्रेष्ठ, राप्रपा राष्ट्रबादीका जयलाल सापकोटा, नयाँ शक्तिका युनिस मिया छन् । ख मा कांग्रेसका प्रकाश शर्मा पौडेल, गठबन्धनका कृष्ण थापा छन् ।
त्यस्तै क्षेत्र नं. २ बाट संघिय सदस्यमा कांग्रेसका निरज पुन, गठबन्धनका देवेन्द्र पौडेल, संघिय समाजवादी फोरमका यामबहादुर घर्ती, नयाँ शक्तिका टेकबहादुर कुँवर उमेदवार छन् । २ को क मा कांग्रेसका मन्जेसबम मल्ल, गठबन्धनका चन्द्रबहादुर बुढा, फोरमका बिरबहादुर दर्जी छन् । ख मा कांग्रेसका जित शेरचन, गठबन्धनका टेकबहादुर घर्ती उमेदवार छन् ।
Previous Articleएमालेका यी चर्चित नेता, जो निर्वाचनमा छुटे
Next Article एनबी र आईएमइ इन्सुरेन्स बागलुङमा