बागलुङ,९ कार्तिक–एनबी नन लाईफ ईन्सुरेन्स कम्पनी र आईएमई लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेडले बुधबार बागलुङमा साखा सुभारम्भ गरेको । दुवै बीमा कम्पनीले संयुक्त कार्यक्रम गरि छुट्टाछुट्टै शाखा उद्घाटन गरेर बागलुङबाट सेवा सुभारम्भ गरेका हुन् । बागलुङमा एनबीले २२ औँ शाखा सुरु गर्न लागेको हो भने आईएमईको चाहिँ बागलुङमा पहिलो शाखा औपचारिक शुभारम्भ गर्न लागिएको हो ।
राष्ट्रिय बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईले होटेल ब्राउन आईज परिसरमा विशेष कार्यक्रममा दुबै बीमा कम्पनीको शाखा उद्घाटन गरेका छन् । एनबीले सवै प्रकारका ननलाईफ बीमा सेवा बागलुमा पनि सुरु गर्न लागेको एनबी ननलाईफ ईन्सुरेन्स कम्पनी लिमिटेडका अध्यक्ष हेमराज ढकालले जानकारी दिए । यसको चुक्ता पुँजी ५७ करोड छ । आईएमई लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेडले आफ्नो पहिलो शाखा बागलुङमै सुभारम्भ गरेको अध्यक्ष डाक्टर रामहरि अर्यालले जानकारी दिए । ‘हामीले काठमाण्डौबाट त यसअघि नै सेवा सुरु गरिसकेका छौँ, तर औपचारिक उद्घाटन भएको पहिलो शाखा बागलुङकै हो,’ अध्यक्ष अर्यालले भने । यसको चुक्ता पुँजी १ अरब छ ।
Previous Articleबागलुङमा ४ को उम्मेदवारी फिर्ता
Next Article जाडोमा भुलेर यि काम नगर्नुहोस्