बागलुङ,६ कार्तिक–नेकपा एमालेका पोलिट व्युरो सदस्य गणेश तिमिल्सीनाले पुर्वाग्रह त्यागेर चुनावि मैदानमा उत्रीन जिल्लाका नेता तथा कार्यकर्ताहरुलाइ आग्रह गरेका छन् । आइतवार बागलुङमा मनोनयन दर्ता पछि आयोजीत कोण सभालाइ संबोधन गर्दै तिमिल्सीनाले यस्तो बताएका हुन् । तिन दल मिलेर चुनावमा जाँदा पार्टिले चाहेको जस्तो सबै आकांक्षिले उम्मेदवारी नपाउने भन्दै प्रसोध त्यागेर सबै नेता कार्यकर्ता चुनावी मैदानमा उत्रिनुपर्ने बताए । बाम तालमेलका कारण अन्य शक्तिहरुमा समेत हलचल आएको भन्दै बागलुङमा भएको त्रिपक्षीय बाम तालमेलको खुलेर स्वागत गर्न कार्यकर्ताहरुलाइ आग्रह समेत गरे । ‘यो निर्वाचननै अन्तिम निर्वाचन होइन’ तिमिल्सीनाले उम्मेदवारका आकांक्षीहरुलाइ संकेत गर्दै भने ‘अन्य अवसरहरुको प्रयोग गर्ने मनसायका साथ गठबन्धनका उम्मेदवारहरुलाइ पुर्ण सहयोग गर्नुहोस ।’ उनले असन्तुष्टिहरुलाइ पार्टी र संगठनहरुले समाधान खोज्दै जाँने भन्दै सबै पार्टिपंति बाम गठबन्धनको हितमा चुनावि मैदानमा जानुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्रका पोलिट व्युरो सदस्य लिलबहादुर थापाले बाम तालमेलले बागलुङमा निर्वाचनको नयाँ उत्साह ल्याएको बताए । लामो समयको कसरत पछि बागलुङका तिन बामदल एकै ठाउँमा आएको सुनौलो अवसरलाइ उपयोग गर्न थापाको सुझाव थियो । साझा उम्मेदवारहरु जनताको घरदैलोमा जाँदा नयाँ शन्देश प्रभाह हुने भन्दै थापाले बागलुङमा बामहरुको जित सुनिस्चित भएको दावी गरे ।
Previous Article१० दलका २६ र ४ स्वतन्त्र उम्मेदवारी दर्ता(नामावली सहित)
Next Article सुस्त पुनः निर्माण