रन्जीता शर्मा /बागलुङ ३१ असोज –प्रगती बहुउद्देश्यीय सहकारी संस्था लि. बागलुङले यस आर्थिक बर्षको अन्त्य सम्ममा १० लाख रुपैयाँ मुनाफा कमाएको छ । बर्षभरि गरिएको कारोवारबाट १० लाख ४ सय २७ रुपैयाँ मुनाफा आर्जन भएको सहकारीले जनाएको छ । सोमबार आफ्नो को ११ औं साधारणसभा सम्पन्न गर्दै सहकारीले यस आर्थिक बर्षको आम्दानी, खर्च र मुनाफा सार्वजनिक गरेको हो । २ करोड २९ लाख ५४ हजार आम्दानी गरेको सहकारीले १ करोड ९९ लाख ८९ हजार खर्च गरेको प्रदेवेदन सार्वजनिक गरेको छ ।
४ करोड १२ लाख २५ हजार शेयर पुँजी रहेको सहकारीले यस गत आर्थिक बर्षको अन्त सम्ममा ६५ करोड ६५ लाख ८७ हजारभन्दा बढीको कारोबार गरेको प्रतिवेदनमा उल्लेख छ । ३२ जना शेयर सदस्यहरुबाट सुरु भएको सहकारीले हाल सदस्य संख्या बृद्धि गर्दै ५ सय ९९ शेयर सदस्य संख्या पु¥याएको संचालक समितीका उपाध्यक्ष तोयनाथ गौतमले बताए । नेपाल सरकारले सञ्चालन गरेको युवा स्वरोजगार कार्यक्रम लगायतका कार्यक्रम सञ्चालन गरेको सहकारीले बचत तथा लगानीका कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्दै आएको गौतमको भनाई थियो । सहकारीको ११ औं साधारणसभाको सोमबार बागलुङ जिल्ला समन्वय समितिका उप–संयोजक बिष्णु भुसालले उद्घाटन गरेका थिए ।
सभाको उद्घाटन गर्दै भुसालले सहकारीहरुले उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । शेयर सदस्यको आर्थिक अवस्था उकास्न संस्थाले महत्वपुर्ण भुमिका खेल्न सक्ने भन्दै कार्यक्रममा बोल्ने बक्ताहरुले उत्पादनशिल क्षेत्रमा लगानी गर्न सुझाव दिए । साधारणसभाले संचालक समितीका सचिव उदयचन्द्र चपाईंको प्रगती प्रतिवेदन र प्रस्तावित कार्यक्रम तथा कोषध्यक्ष भीमप्रसाद गौतमको आर्थिक प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा जिल्ला सहकारी संघका दिपक गौतम, पत्रकार महासंघका अध्यक्ष दिल शिरीष, काठेखोला गाउँ पालिकाका अध्यक्ष अमर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाले बर्षभरी बिभिन्न बिधामा उत्कृष्ट कारोबार गर्ने १३ जना शेयर सदस्यहरुलाइ सम्मान समेत गरेको छ ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष तोयनाथ गौतम र सञ्चालन सचिव उदयचन्द्र चपाईले गरेका थिए । सहकारी आफ्नो ११ औं बर्षगाँठको अवसर पारेर नेपाल पत्रकार महासंघ बागलुङलाई सहयोग गरेको छ । पत्रकार महासंघले निर्माण गर्न लागेको भवनको लागि सहकारीले ५ हजार रुपैयाँ सहयोग गरेको हो । प्रगति सहकारीले प्रदान गरेको रकम बुझ्दै नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीषले सहकारीप्रति धन्यवाद एवंम् आभार प्रकट गरेका थिए ।
Previous Articleशिक्षाको बजेट सार्वजनिक
Next Article कुश्मीसेरा खानेपानी योजना अन्तिम चरणमा