बागलुङ,३१ असोज–जिल्लाका दुई स्थानिय निकायका ४० विद्यालयमा विद्यालय सुरक्षा तथा विपद जोखिम न्युनिकरण परियोजना संचालन हुने भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग र प्लान इन्टरनेशनल नेपाल र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन बागलुङको साझेदारीमा बागलुङ नगरपालीका र काठेखोला गाउपालिकामा परियोजना संचालन हुन लागेको हो । प्राकृतिक विपत्तीबाट हुने जोखिम न्युनिकरण गर्न विद्यार्थीको लागी लक्षित गरी परियोजना संचालन हुने छ । अघिल्लो आर्थिक वर्षमा कार्यक्रम संचालन गरेका १० र थप ३० गरी ४० विद्यालयमा परियोजनाले काम गर्ने छ ।
आईतवार परियोजना संचालन हुने ३० विद्यालयका प्रधानाध्यापकको लागी विपद जोखिम व्यवस्थापन तथा विद्यालय सुरक्षा सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शैक्षिक तालिम केन्द्र म्याग्दीका वरिष्ठ प्रशिक्षक घनश्याम पौडेल ,प्रशिक्षक रोहित ढुंगानाले सहजिकरण गरेका थिए । २०७५ साल कार्तिक १४ गते सम्म संचालन हुने परियोजनाले विद्यालयका प्रअ, शिक्षक तथा व्यवस्थापन समितिका अध्यक्षहरुको लागी सुरक्षा सम्वन्धी प्रशिक्षण दिने जनाईएको छ । साथै विद्यालय सुधार योजना, बहुप्रकोप जोखिम तथा क्षेमता विश्लेषण, विद्यालयमा सुरक्षित निकास मार्ग र स्थान पहिचान नक्साङकन, आपतकालिकन सम्पर्क सुची, पारिवारीक पूर्वतयारी योजना सम्वन्धी जनचेतना प्रदान गर्ने लगाएतका कार्यक्रम सञ्चालन गर्ने जनाईएको छ । बागलुङका जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेलको अध्यक्षता सम्पन्न समापन कार्यक्रममा वरिष्ठ प्रशिक्षक घनश्याम पौडेल, भिमशेन मावि विहुका प्रअ रघुनाथ कडेल, एन प्याप्शन बागलुङका अध्यक्ष वालकृष्ण शर्मा लगाएते परियोजनाले प्राकृतिक विपत्ती वाट हुने क्षेत्री न्युनिकरण गर्न महत्वपुर्ण भुमिका खेल्ने बताए ।
उद्घाटन कार्यक्रम सहायक जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो । उद्घाटन तथा समापन कार्यक्रमको संचालन गाजाडेभलपमेन्ट फाउण्डेनका परियोजना व्यवस्थापक सूर्यप्रसाद कडेलले गरेका थिए । शिक्षा तथा संरक्षण क्षेत्रमा संलग्न सवै तहका सरकारी पदाधिकारी, विद्यालय समुदाय तथा वालवालिकाहरुले विपदवाट पर्ने प्रभावको सामना गर्न तयार एवं उत्थानसील बनाउनु परियोजनाको मुख्य उदेश्य रहेको जनाईएको छ । बागलुङ नगरपालिमा १६ सामुदायिक ८ निजी विद्यालय र काठेखोला गाउपालिकाका १४ सामुदायिक र २ निसी गरी १६ विद्यालयमा कार्यक्रम संचालनको लागी छनोट भएका छन । कार्यक्रम संचालनको लागि ७१ लाख ३३ हजार २ सय ४० वजेट विनियोजन भएको जनाईएको छ ।
Previous Articleढोरपाटनः हामीले कहिले चिन्ने ?
Next Article पोषण सम्वन्धि चेतना अभियान जारी