नेपाल भौगोलिक रुपमा सानो छ तर नेपाली भाषा संस्कृति र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । नेपाललाई अन्तराष्ट्रिय रुपमा चिन्नेहरुले पनि भूगोल भन्दा यहाँको कला, संस्कृति र पर्यटकीय महत्वको दृष्टीकोणले चिन्ने गरेका छन् । नेपालको आर्थिक उन्नतीको विविध पाटा मध्ये पर्यटनले अग्र स्थान ओगटेको छ । सानो लगानीमा धेरै उपलब्धी पाउन सकिने र प्रसस्त संभावना बोकेको क्षेत्र पनि पर्यटन नै हो । पर्यटन भन्ने वित्तिकै भौगोलिक रुपमा भ्रमण मात्र नभएर यो भित्र पनि धेरै सूचकहरु लुकेका छन् । नेपालका धार्मिक र ऐतिहासिक महत्वका हजारौं मठमन्दिर र स्थानहरु छन् । त्यहाँ आउने पर्यटकले देशको अर्थतन्त्रलाई धानेको छ । त्यस्तै नेपालका दर्जनौं भाषा, संस्कृतिको कारण पनि पर्यटकीय प्रवद्र्धनमा सहयोग मिलेको छ ।
पर्यटन भनेको असोज कात्तिक महिनामा हिमाल खुलेको समयमा साहसिक यात्रा गर्न आउने खैरो छाला भएकालाई मात्र लियौं भने त्यसले खासै अर्थ राख्दैन । किनकी नेपालमा आउने कुल पर्यटकमा २५ प्रतिशत पनि तेस्रो मुलुकका आउँदैनन् । बरु नेपाल भित्रका मानिसको ओहोरदोहोर तथा धार्मिक लगायतको पर्यटनबाट आउने भारतीय तथा चीनिया पर्यटकलाई आर्कषण गर्ने कार्यक्रमको खाँचो देखिएको छ । हरेक पाइला पाइलामा पर्यटनका हिसावले महत्व राख्ने बस्तु तथा सेवाहरुको उपलव्धता नेपालमा छ । धौलागकिो सवालमा सबैभन्दा धेरै पर्यटक मुस्ताङले भित्राएको छ । तर त्यसपछिको दोश्रो बन्ने अभियानमा अन्य जिल्लाको प्रतिष्पर्धा चल्नुपर्ने देखिन्छ । हिमाली श्रmृङ्खला र मुक्तिनाथको कारण गएका पर्यटकलाई बागलु«मा पनि भित्राउन सक्नुपर्छ । मुस्ताङको मुख्यबाली स्याउ र त्यहाँको भौगोलिक रमणीयताका कारण पनि पर्यटक लोभिन्छन् ।
त्यस्तै समयानुकुल प्रचार प्रसार पर्यटनमैत्री बिकासका कारण मुस्ताङको पर्यटनमा बृद्धि भएको कुरा जगजाएर छ । तर अव हामीले पनि केही बिकाउने क्षेत्रको खोजी गर्न भने जरुरी छ । छिमेकी पर्वतले अग्ला पुलहरुका कारण पर्यटक भित्राउन थालेको छ । म्याग्दी पनि आँफैमा पर्यटकीय क्षेत्रको रुपमा अगाडि आएको छ । तर बागलुङले कालिका जस्तै पञ्चकोट, गलकोट, घुम्टे, ढोरपाटनलाई पर्यटकीय क्षेत्रको रुपमा विकाउने कार्यक्रम बनाउन सकेको छैन । हिन्दु परम्परा अनुसारका चाड पर्व मौसम अनुसारका बिदा तथा उत्सवहरु चल्ने नेपालमा बाह्य पर्यटकलाई भन्दा स्वदेशी पर्यटकलाई आर्कर्षित गराउनु पर्छ । एक जिल्लाबाट अर्को जिल्लामा घुन्ने संस्कृतिको विकास गरेर पर्यटन व्यवसायको विकास गर्न अव पछाडि पर्नु हुँदैन । हरेक जिल्लाका विशेषता र त्यहाँका धार्मिक, ऐतिहासिक क्षेत्रको चिनारी गराउने, भूगोलको व्याख्या गर्ने गरेर पनि पर्यटन विकास गर्न सकिन्छ । जसरी मुस्ताङ, पर्वत र म्याग्दीमा पर्यटकहरुको घुइचो छ त्यो अनुपातमा बागलुङको पर्यटन सुस्त छ । जिल्लाका मौलिक कला र संकृति तथा नाँचलाई पनि पर्यटन व्यवसायको रुपमा बिकाउन सकेको खण्डमा मात्र हामीले सोचेजस्तो विकास गर्न सक्छौं । बिभिन्न रंगका गुराँस फुल्ने घुम्टेको लेक, दरमखोलाका माछा, ढोरपाटनमा पाइने जनावर समेतले पर्यटक तान्ने कार्यक्रम बनाउन सकेमा हामीले छिटै आर्थिक विकासको बाटो सोझ्याउन सक्छौं ।