बागलुङ,३१ असोज–दृष्टी बिहिन बाबुको स्याहार गर्दा पढाईबाट वञ्चित भएका बालिकाहरुलाई औपचारिक रुपमा हस्तान्तरण गर्दै प्रमुख सेनानी अच्युतम भण्डारीले मानव सेवा आश्रमलाई सहयोग गरेका छन् ।
सोमबार एक कार्यक्रम गर्दै भण्डारीले आश्रममा ५० हजार नगद सहित केही खाद्यान्न पनि सहयोग गरेका हुन् । केही दिन अघि निसीखोला २ तल्लो व्याङग्रीका नरबहादुर विक र उनका दुई छोरीलाई उद्धार गरेर आश्रममा ल्याउन सहयोग गरेका थिए । बिकका ११ बर्षिय बिना बिक र ५ बर्षकी पबिलाले पढ्ने अवसर पनि पाएका थिएनन् । बाबुको स्याहार गर्दैमा पढ्ने अवसर नपाएको भेटेपछि भण्डारीले सदरमुकाम ल्याएर उद्धारगर्ने योजना बनाएका थिए । सदरमुकाम स्थित मानवसेवा आश्रमले बिक परिवारका ३ जनालाई बस्ने खाने व्यवस्थापन गरिसकेको छ ।
Previous Articleनेपाली क्रिकेट डिभिजन टुमा
Next Article सञ्चार क्षेत्रहुँदै संगीतको यात्रामा