🖎 विनोद विवश
खाडीमा ज्यान छ, नेपालमा मन छ
यस्तै यस्तै उल्झनमा मेरो जीवन छ
बिहेको निम्तो दिँदै साथीले भन्यो
भोलि मेरी श्रीमती को बिमोचन छ
अँगालो यसरी हालिएछ निष्ठुरीलाई
उसैको छातीमा दिलको धड्कन छ
धोका दिएपछि प्रेमिका यस्तो भन्छे
हाम्रो गाउँमा यस्तै यस्तै प्रचलन छ
के गर्छ्यौ समयले खुकुरी थमाइदिए
यता बाको बचन छ उता मेरो गर्धन छ
जैमिनी ०१, बागलुङ