बागलुङ,३० असोज–बर्षात् रोकिएसँगै जैमिनी नगरपालिका–१ कुश्मीशेराले स्थानिय सडक मर्मतको कामलाई तीव्रता दिएको छ । बर्षात्को समयमा बिग्रिएका कच्ची सडक मर्मतको कामले तीब्रता पाएको हो । नगरपालिकाले विनियोजन गरेको बजेटको आधारमा उपभोक्ता समिती गठन गरेर सडक मर्मतको काम थालिएको जैमिनी–१ कुश्मीशेराका वडाध्यक्ष भुपेन्द्र थापाले बताए । वडा भित्रका सबै सडक मर्मत गरी सहज यात्राको व्यवस्था मिलाउन लागिएको थापाले बताए । कुश्मीशेरा बजारदेखी कुश्मीगाउँ सडक, प्रारथमिक स्वास्थय केन्द्रदेखी पोखरी र जुम्लीखोला सडक तथा सेरा बजारदेखी जैमिनीघाट सम्मका सडक मर्मतको काम थालिएको हो ।
डोजर लगाएर कामलाई तीब्रता दिईएको अध्यक्ष थापाले बताए । केही सडकमा काम चलिरहेको र एक दुई दिनमा नै सेराबजारदेखी जैमिनीघाट सम्मको काम सुरु गरिने वडा कार्यालयले जनाएको छ । जैमिनी नगरपालिकाका अधिकांश वडाको दाहसंस्कार हुने जैमिनीघाट जाने सेराबजार–जैमिनीघाट सडकको तत्काल काम सुरु गरिने अध्यक्ष थापाले बताए । कमजोर जमीनका कारण बर्षातको समयमा ठाउँ–ठाउँमा सडक भत्केका कारण पैदलयात्रु समेत आवतजावत गर्न कठिन रहेको यो सडक महत्वपुर्ण योजनामा राखेर मर्मतको काम थालिने थापाले बताए ।
निर्माण सम्पन्न भइसकेका सबै सडक मर्मतको कामलाई प्राथमिकतामा राखेको वडाले नयाँ ट्रयाक खोल्ने काम भने मंसीरपछि थाल्ने जनाएको छ । ‘हामीले पहिलो चरणमा मर्मतको काम सक्छौं’ थापाले भने– ‘सडक सञ्जालले नछोएका वडाका केही बस्तीमा नयाँ ट्रयाक खोल्ने काम मंसिरपछि सुरु हुन्छ ।’
Previous Articleस्वाभिमान सहकारीको आठौं साधारणसभा
Next Article युवाले गरे टोलको सरसफाई