बागलुङ,३० असोज–स्वाभिमान बहुउदेश्यीय सहकारी संस्था लि. बागलुङको आठौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा बोल्दै राष्ट्रिय सहकारी बैंक लि. सञ्चालक रामबहादुर जिसीले सहकारी व्यवसायको महत्व र यसले देशको दीर्घकालिन विकासमा पर्ने प्रभावका बारे अझै धेरैलाई जानकारी आवश्यक रहेको बताए । कार्यक्रममा बहुउद्देश्यीय सहकारी संघ बागलुङका अध्यक्ष अञ्जु जिसी, क्षेत्री समाज बागलुङका अध्यक्ष बाबुराज कार्की, नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका उपसभापति राजेन्द्र आचार्य, संस्थाका सल्लाहकारहरु रुद्रबहादुर महत र दिपेन्द्र बास्कोटा, लहरेपीपल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रुद्रबहादुर केसी, नवरत्न बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बलबहादुर खड्का, शेयर सदस्यहरु हुमादेवी खड्का र हिराबहादुर केसीले बोलेका थिए । साधारणसभामा सचिव महतले प्रगति प्रतिवेदन, व्यवस्थापक महेन्द्रसिंह रायमाझीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । ३ सय ९३ जना शेयर सदस्य रहेको संस्थामा ९५ लाख ५५ हजार शेयर रकम, २ करोड ४० लाख वचत, २ करोड ५० लाख लगानी रहेको व्यवस्थापक रायमाझीले जानकारी दिए । सहकारीले सहकारी अभियानमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसीलाई सम्मान गरेको छ । कार्यक्रम संस्थाका अध्यक्ष भीमबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष शिवकला थापाको स्वागत र सचिव सूर्यबहादुर महतको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleबेनी–जोमसोम–कोरला सडकको बजेट सकियो
Next Article जैमिनी नगरका सडक धमाधम मर्मत