बागलुङ,३० असोज–निलगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौं बार्षिक साधारण सभा तथा चौथो अधिबेशन शनिबार सम्पन्न भएको छ । कार्यक्रमको उदघाट्न गर्दै नेपाल बचत तथा ऋण सहकारी संस्थाका केन्द्रिय संचालक समिति सदस्य चण्डीप्रसाद शर्मा पौडेलले सहकारीले गैह्र सदस्यहरु बिचको कारोबारको अन्त्य गर्नुपर्ने बताए । कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार भुमिश्वर गौतम, बागलुङ नगरपालिका वडा नं. ११ रायडाँडाका वडा सदस्य एवं शेयर सदस्य ज्ञानेन्द्र गौतम, रायडाँडा सहकारी संस्थाका अध्यक्ष प्रेम प्रसाद पौडेल, स्वास्थ्य सहकारी संघ बागलुङका अध्यक्ष सिता शर्मा, साझेदारी बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष गणेश लम्साल, लगायतले बोलेका थिए । २०६५ सालमा स्थापना भएको यस संस्थाले हाल सम्म ३२ करोड, ७ लाख ७ हजार २ सय पैत्तिस रुपैयाँका उनासी पैसाको कारोबार गरेको छ ।
साधारण सभाको अवसरमा संस्थामा विभिन्न विधामा योगदान गरेकालाई सम्मात तथा पुरस्कार प्रदान गरेको थियो । साधारण सभाले सचिव मिन बहादुर केसी मिलनको प्रगति प्रतिवेदन कोषाध्यक्ष कृष्ण प्रसाद शर्माको आर्थिक प्रतिवेदन र लेखा समिति सदस्य डिल्लीप्रसाद शर्माको लेखा प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो । संस्थाको शनिबार नै भएको चौथो अधिवेशनले नारायण पौडेलको अध्यक्षतमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा डिल्लीप्रसाद गौतम, सचिवमा मिनबहादुर केसी ‘मिलन’ सह–सचिमा गोविन्दबहादुर पौडेल, र कोषाध्यक्षमा कृष्णप्रसाद शर्मालाई चयन गरिएको छ ।
Previous Articleबागलुङ–कुश्मीसेरा सडकमा सवारी चेकजाँच
Next Article ‘महिला, बालबालिका र जेष्ठलाई सम्मान गरौं’