बागलुङ,३० असोज–जिल्ला ट्राफिक कार्यालय बागलुङले आइतवार सारोकारवालाहरु सँगको सहकार्यमा बागलुङ–कुश्मीशेरा सडकमा चल्ने सवारी साधनको छड्के चेकजाँच गरेको छ । यातायात व्यवस्था कार्यालय, धौलागिरी जिप व्यवसायी समिती र उपभोक्ता मञ्चसँगको सहकार्यमा सवारी चेकजाँच गरिएको हो ।
चार्डपर्वको बेलामा हुनसक्ने सम्भावीत दुर्घटनालाई न्युनिकरण गर्न सवारीको चेकजाँच गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरिक्षक ठकप्रसाद घर्तीले बताए । यातायात कार्यालयका प्रमुख राजेन्द्रकुमार पोखरेल, धौलागीरी जिप ब्यवसायी समितीका महासचिव बिष्णु अधिकारी र उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ सहितको सहभागीतामा साधा पोशाकका प्रहरी परिचालन गरेर छड्के चेकिङ गरेको थियो । आइतबार गरिएको चेकजाँचका क्रममा ४५ सावारी साधन कारवाईमा परेका छन् ।
नियम बिपरित यात्रु राख्ने, सवारी साधनको छतमा समान राखेका, ट्याक्टरमा संगित सामाग्री जडान तथा सिट राखेका, बिना लाइसेन्स सवारी चलाएका लगायतका सवारी साधनलाई कार्वाही गरिएको घर्तीले बताए । निजी प्रयोजनका लागी लिइएका पिक अप भ्यानहरु सबैभन्दा धेरै कारवाइमा परेका छन् । प्रयोजन अलग भएपनि यात्रु राखेर भाडा असुल्ने गरेकाले उनीहरुलाई कार्वाही गरिएको प्रसनि घर्तीको भनाई छ । सवारी साधनलाइ गरीएको कारवाई बाट आइतवार मात्रै ४५ हजार राजस्व संकलन भएको छ । नियम बिपरित चलेका सवारी साधनला १ हजारदेखी १ हजार ५ सयसम्मको चिट काटिएको कार्यालयले जनाएको छ ।
Previous Articleबेनी–जोमसोम–कोरला सडकको बजेट सकियो
Next Article निलगिरीको साधारण सभा अध्यक्षमा पौडेल