रुद्र गौतम,बागलुङ, २९ असोज–मातृभुमी बहुउद्देश्यीय सहकारी संस्था लि. बागलुङको ९ औँ साधारणसभा तथा चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका संचालक राम बहादुर जिसीले विगतका सहकारीका ऐनले पारेका अप्ठयारा कुराहरु नयाँ ऐनले केही हदसम्म फुकाउन प्रयत्न गरेको बताए । संस्थाको सक्षमता नाप्ने विभिन्न मापदण्ड पल्सको बारेमा जानकारी गराउँदै यस संस्थाले पल्स भित्रका धेरै मापदण्डहरुले पुरा गरेकोमा धन्यवाद व्यक्त गरे । कार्यक्रममा पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, काठमाडौं जिल्लाका सरकारी वकिल कृष्णराज पन्त, धौलागिरी बहुमुखी क्याम्पस बागलुङका प्रमुख रामप्रसाद उपाध्यायले बोलेका थिए । संस्थाको शेयर पुँजी २ करोड १ लाख ४५ हजार २ सय र यस वर्षको नाफा एक लाख चौरासी हजार पाँच सय अठहत्तर रहेको छ । सहकारीले जेष्ठ शेयर सदस्य उपेन्द्र राज पन्तलाई सम्मान गरेको थियो । उत्कृष्ट कृषि उद्यमी अशोक थापा, उत्कृष्ट क्रृणी महिलाबाट यज्ञमाया उपाध्याय, पुरुषबाट दलबहादुर कार्की, उत्कृष्ट बचतकर्ता शान्ती ढकाल, उत्कृष्ट बाल बचतकर्ता सुगम के.सी, उत्कृष्ट कर्मचारी हेमा श्रीस, एसईइमा सबैभन्दा बढी अंक प्राप्त गर्ने शेयर सदस्यका छोरातर्फ सुजन पौडेल, छोरीतर्फ अस्मिता शर्मालाई पुरस्कृत गरिएको थियो । सहकारीले आगामी ३ वर्षका लागि पुनः गुणराज पौड्यालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा रामचन्द्र शर्मा, सचिवमा रामप्रसाद शर्मा, सहसचिवमा हेमराज पन्त, कोषाध्यक्षमा केदारनाथ पौडेल, सदस्यहरुमा लालबहादुर केसी, कृष्णगोविन्द राजभण्डारी, रन्जु पन्त केसी, जिवन काउचा थापा, मिना पन्त जोशी र इन्दिरा भुषाल रहेका छन् । र लेखा समिति संयोजकमा सुरेन्द्र आचार्य र सदस्यहरुमा ज्ञान कुमारी श्रीस र माया पाण्डे रहेका छन् । कार्यक्रम सहकारीका अध्यक्ष गुणराज पौड्यालको अध्यक्षता, शिक्षा समिति सदस्य गोविन्द वझाको स्वागत मन्तव्य र सचिव रामप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।
कमर्शियल सहकारीको ११ औं साधारणसभा
कमर्शियल बहुउद्देश्यीय सहकारी स्ंस्था लिमिटेड बागलुङको ११ औं वार्षिक साधारणसभा शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटनपछि बोल्दै जिल्ला समन्वय समिति बागलुङका उप–प्रमुख विष्णुप्रसाद भुषालले मुलुकको आर्थिक सम्वृद्धिको पाटो सहकारीमार्फत मात्र सफल हुने भन्दै सबैलाई सहकारी मार्फत कारोवार गर्न आग्रह गरे । कार्यक्रममा बहुउद्देश्यीय सहकारी संघ बागलुङका अध्यक्ष हुमाकुमारी जि.सी. अञ्जु, कानुन व्यवसायी हरिकृष्ण सुवेदी, धौलागिरी अञ्चल बस व्यवसायी समितिका अध्यक्ष उमेस के.सी., धौलागिरि टेलिभिजनका सञ्चालक केशवप्रसाद सुवेदी, कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चुडामणी शर्मा, व्यापार सहकारीका हरिलाल सुवेदी, विष्णुप्रसाद सुवेदी, महिला शेयर सदस्य डम्बरादेवी शर्मा, शेयर सदस्य गोविन्दप्रसाद सुवेदी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संस्थामा उत्कृष्ट कारोवार गर्ने, उत्कृष्ट ऋण कारेवार, उत्कृष्ट शेयरका परिवार, उत्कृष्ट कर्मचारीहरुलाई नगद सहीत सम्मान गरेको थियो । कार्यक्रममा संस्थाका सचिव प्रेमप्रसाद सापकोटाको प्रगती प्रतिवेदन, कोषाध्यक्ष लेखनाथ पौडेलको आर्थिक प्रतिवेदन, लेखा समिति सदस्य भगवती सापकोटाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभामा संस्थाले यसवर्ष ३४ करोड ४१ लख २७ हजार ८ सय ७४ रुपैयाको कारोवार गर्न सफल भएको बताइएको थियो । संस्थामा हाल सम्म ४ सय ७६ शेयर सदस्य, २ करोड ३९ लाख ९८ हजार ४ सय शेयर पुँुजि, ६ करोड ७६ लाख ४१ ह्जार ६ सय ३१ रुपैयाको लगानि तथा ४ करोड ६७ लाख ४१ ह्जार ६ सय ३१ रुपैया बचत गरेको बताइएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष हरिामणी उपाध्यायको अध्यक्षता, उपाध्यक्ष चक्रबहादुर खड्काको स्वागत तथा सचिव पे्रमप्रसाद सापकोटाको सञ्चालना सम्पन्न भएको थियो ।
बागलुङको पनि साधारणसभा
बागलुङ बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको १६ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सो अवसरमा प्रमुख अतिथि संस्थाका देवबहादुर श्रेष्ठले संस्थाले गरेको प्रगती प्रतिवेदन राम्रो भएको भन्दै आगामी दिनमा सेयर बढाउनु पर्ने बताए । कार्यक्रममा बागलृुङ नगर उपप्रमु सुरेन्द्र खड्का, भूपु बनराज्यमन्त्री ओमकारप्रसाद गौचन, बानपा–२ अध्यक्ष जीवन आचार्य, ३ को वडाअध्यक्ष लक्ष्मी बास्कोटा, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, एकता सहकारीका अध्यक्ष धु्रवप्रैसाद शर्मा, शंखघर बहुउघे रतन मलेपती, महिला हित तथा बचत ऋण सहकारीका अध्यक्ष लिला खड्का, संस्थाका सल्लाहकार डिलबहादुर कार्की, सेयर सदसस्यको तर्फबाट महेशचन्द्र प्रधान, सरु बस्नेतले बोलेका थिए । संस्थाले नियमिति कारोबार गर्ने शेयर सदस्य,उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य १ सय २५ जनालाई पुरस्कृत तथा सम्मान गरिएको थियो । संस्थाका सेयर सदस्य बानपा उपप्रमुख सुरेन्द्र खड्का, बानपा–२ वडाअध्यक्ष जिवन आचार्य, बानपा ३ का वडाअध्यक्ष लक्ष्मी बास्कोटा, काठेखोला गापा–५ का वडाअध्यक्ष शिवप्रसाद कडेँल, बानपा–२ का वडा सदस्य अर्जुन घिमिरे, निर्मृला जिसी पन्त, सुरज बोसेल, बानपा–४ का वडा सदस्य अमृता बराइली, जैमिनी नपाका–५ का वडा सदस्य रुद्रकुमारी रोका क्षेत्रीलाई सम्मान गरेको थियो । संस्थाका सचिव योगनाथ शर्मा कडेलद्धारा प्रगती प्रतिवेदन, कोषाध्यक्ष राजेन्द्रप्रसाद शाक्यद्धारा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । संस्थाले गत आव २०७३ ÷०७४ मा २ अर्व २६ करोड ८ लाख ८६ हजार ९ सय ६४ रुपैया बराबरको कारोबार गरेको संस्थाका प्रवन्धक यज्ञप्रसाद शर्माले बताए । संस्थामा अहिले ५ सय ८० सेयर सदस्य सेयर पूँजी ४ करोड ७८ लाख ७० हजार ४ सय रहेको छ । कार्यक्रम संस्थाको अध्यक्ष अशोक गोविन्द राज भण्डारीको अध्यक्षता, स्वागत सहसचिव उषा पौडेल, सञ्चालन सचिव योगनाथ शर्मा कँडेलमा सम्पन्न भएको थियो ।
Previous Articleनिसीमा सेनाको स्वास्थ्य शिविर
Next Article सामुदायिक विद्यालयमा दिवा खाजाको व्यवस्था