पर्वत, २९ असोज–पर्वत जिल्लाको महाशिला गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्या कम हुदै गएपछि गाउँपालिका अध्यक्षले सामुदायिक विद्यालयप्रति विद्यार्थीलाई आर्कषित गर्नको लागि निशुल्क खाजा खुवाउने अभियान शुरु गर्ने प्रतिबद्धता जनाएका छन् । महाशिला गाउँपालिकामा २८ वटा सामुदायिक बिद्यालय रहेका छन् । गाउँपालिकाले बिद्यार्थी संख्याका आधारमा सबै बिद्यालयलाई रकम निकासा गर्ने ब्यबस्था मिलाएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले बताए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्नुका साथै विद्यार्थीलाई आर्कषित गराउनको लागि यो अभियान शुरु गरिएको उनले बताए । ‘हरेक दिन प्रतिबिद्यार्थी १० रुपैयाँका दरमा खाजा दिने ब्यबस्था मिलाएका छौ’ अध्यक्ष पौडेलले भने ‘बिद्यार्थीको संख्या एकिन भएपछि सबै बिद्यालयमा यो लागु हुनेछ ।’ दिवा खाजाको ब्यबस्थापछि सामुदायिक विद्यालयमा बिद्यार्थीको संख्या बढ्ने र बिद्यालय छाड्ने दर कम हुने अध्यक्ष पौडेलको विश्वास छ । गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा १ देखि ३ कक्षासम्म पढ्ने बिद्यार्थीलाई दिवा खाजाको ब्यवस्था गरेको हो । गाउँपालिकाले गाउँ परिषद मार्फत विद्यार्थीलाई दिवा खाजा खुवाउन बजेट समेत बिनियोजन गरेको छ ।
‘गाउँका सामुदायिक विद्यालयमाा पढ्ने धेरै बालबालिकाले खाजा नल्याउने र विद्यालयमा पुरै समय नबिताउने समस्या रहेका बेला बिद्यार्थी आर्कषित गर्न र शैक्षिक गुणस्तर समेत सुधार गर्न खाजा खुवाउने ब्यबस्था मिलाएको हो । सबै बिद्यालयमा अनिवार्य अंग्रेजी माध्यममा पढाउनका लागि अभिभावकले निजी बिद्यालयमा छोराछोरी पठाउने तथा बसाईसराई समेत बढेकोले सबै सामुदायिक बिद्यालयमा अनिवार्य अंग्रेजी पठनपाठन गर्ने निणर्य पनि गाउँपालिकाले गरेको छ । आगामी शैक्षिकसत्रदेखि बालमैत्री कक्षा र १ कक्षामा अनिवार्य रुपमा अंग्रेजीमा अध्यापन गराईने भएको छभने त्यसका लागि विद्यालयका शिक्षकहरुलाई बिहान ८ बजेदेखि १० बजेसम्म तालिम दिने ब्यबस्था पनि मिलाइएको अध्यक्ष पौडेलले बताए ।
तालिम दिने शिक्षकलाई प्रोत्साहन भत्ता तथा अतिबिपन्न बिद्यार्थीलाई पोशाक उपलब्ध गराउने गरि बजेट समेत ब्यबस्था मिलाएको छ । शिक्षामा गुणस्तर बढाउन बिद्यार्थीका लागि गृहकार्य डायरी, शिक्षकले अनिवार्यमा रुपमा पाठयोजना बनाएर पढाउनुपर्ने ब्यबस्था पनि गरिएको छ । पाठ योजना बनाएर नपढाउने शिक्षकलाई कार्बाही गर्ने अध्यक्ष पौडेलले बताए । त्रैमासिक र अर्धबार्षिक परिक्षा लिने ब्यबस्था पनि मिलाइएको छ । बिद्यार्थीका उत्तरपुस्तिका अभिभावकलाई पठाउने निर्णय समेत भएको छ । यसको शुरुवात गोल्र्याङ्गधाम आधारभूत विद्यालयले शुरु गरिसकेको छ ।
Previous Articleतीन सहकारीको वार्षिक साधारणसभा
Next Article सरकारको दायित्व शान्तिपूर्ण निर्वाचन : अध्यक्ष ओली