बागलुङ,२९ असोज–आर्थिक रुपमा विपन्न र आमाले छोडेपछि टुहुरा बनेका दुइ बालिका सहित एक दृष्टी विहिनलाई मानव सेवा आश्रममा राखिएको छ । नेपाली सेनाको अर्जुन बाँण गणका गणपति अच्युतम भण्डारीको अगुवाईमा निसीखोला २ तल्लो व्याङग्रीका दृष्टीविहिन नरबहादुर विक र उनका दुई छोरी बिना र पविलालाई शनिवार साँझ आश्रममा हस्तान्तरण गरिएको हो ।
तीन बर्ष अघि विककी श्रीमतीले बालिका छाडेर भागेपछि उनीहरुको जीवन कष्टकर बनेको हो । विद्यालय जानुपर्ने ११ बर्षिय बिना र ५ बर्षिय पबिलाले पनि पढ्न पाएका छैनन् । कक्षा ३ मा पढ्ने भएपनि बाबुलाई डोहो¥याउने, मागेर खाने जोहो गर्ने समस्याले उनले पढ्न पाएकी छैनन् । भने ५ बर्षिया पबिला भने विद्यालयमा भर्ना पनि भएकी छैनन् । सेनाले निसीखोला गाउँपालिकामा राखेको निशुल्क स्वास्थ्य शिविरमा आएका उनीहरुलाई देखेपछि भण्डारीले सहयोग गर्नका लागि रायमाझीलाई सम्पर्क गरेका थिए । रायमाझीले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएपछि आश्रममा ल्याइएको हो ।
मानव सेवा आश्रममा राखेर खाने बस्ने व्यवस्था गर्ने तथा दुवै बालिकालाई पढ्ने अवसर दिने गरी आश्रम संचालक मनिष रायमाझीले उनीहरुलाई शनिवारदेखीनै राखेका छन् । ‘मानवीय हितका लागि खोलिएको संस्था भएकोले आजैदेखि यही बस्ने व्यवस्थापन गरेका छौं’ रायमाझीले भने, ‘आश्रम व्यवस्थापनका लागि सहयोग जुटाएरै भएपनि पिडित र सहारा विहिनलाई राख्ने योजना बनाएका हौं ।’ आश्रममा विभिन्न व्यक्तिले आफ्नो जन्मदिनको अवसर पारेर तथा अन्य अवसरमा खाद्यन्न, लत्ताकपडा पनि सहयोग गर्दै आएका छन् । शनिवारै पिडित विक परिवारको राहतमा सहयोग पुगोस् भन्दै राष्ट्रिय अनुसन्धान कार्यालय बागलुङका प्रमुख अनुसन्धान अधिकृत सुशिल महतले २ हजार रुपैयाँ सहयोग गरेका छन् ।
Previous Articleव्याडमिन्टन प्रतियोगिता सकियो
Next Article यसकारण दिनु हुँदैन सेनालाई एफएम