बागलुङ,२९ असोज–बुर्तिबाङ व्याटमिन्टन क्लवव्दारा बुर्तिबाङमा आयोजित प्रथम मोहन स्मृति ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । १७ टिमको सहभागीता रहेको प्रतियागिताको मेन्स डबल्स खुल्ला दिलेन्द्र पुन र राजन काउचाको समुह प्रथम भएका छन्भने राजु श्रेष्ठ र गणेश छन्त्यालको समुह द्धितिय भएका छन् ।
तृतिय हुनेमा राजेन्द्र पौवी र राजु लोप्चन तथा कृष्ण राना र यामु पौवीको समुह रहेका छन् । यस्तै, मेन्स डबल्स समुह बितर्फ, राजेश रामदाम र कृष्ण कुमालको समुह प्रथम, अशोक पुन र विनोद रिजाल बरेङ समुह द्धितिय भएका छन् । यस्तै तृतियतर्फ राम सुवेदी र प्रकाश बुढा तथा अमर लोप्चन र अजित कुवँरको समुह रहेका छन् । उता, मेन्स सिंगल्सतर्फ कृष्ण राना प्रथम, शलिन पौवी द्वितिय तथा देवनारायण बुढा र गणेश छन्त्याल तृतिय भएका छन् । प्रतियोगीतामा सहभागी भई उत्कृष्ट स्थान हासिल गर्ने सबै टिमलाई ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीद्धारा पुरस्कार वितरण गरिएको छ । ढोरपाटन नगरपालिकाका प्रमुख देबकुमार नेपालीका छोरा अर्थात् ब्याटमिन्टन खेलाडी मोहन नेपालीको सम्झनामा पहिलोपटक बुर्तिबाङमा मोहन स्मृति ब्याटमिन्टन प्रतियोगिता आयोजना गरिएको हो । खेलसँग आवद्ध खेलाडीहरुको प्रतिभा प्रर्दशन तथा खेलको विकासका लागि उक्त खेलको आयोजना गरिएको ब्याटमिन्टन क्लवका अध्यक्ष ईन्द्र बहादुर घर्तिले बताए । प्रतियोगिताको खुल्ला मेन्स डबल्सतर्फ प्रथम हुनेलाई २५ हजार, द्वितिय हुनेलाई १५ हजार र तृतिय हुनेलाई १० हजार पुरस्कार प्राप्त गरेका छन् ।
यस्तै, मेन्स डबल्स कै वि समुहमा प्रथम हुनेलाई १५ हजार, द्धितिय हुनेलाई १० हजार र तृतिय हुनेलाई ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । मेन्स सिंगल्सतर्फ प्रथम हुनेलाई २० हजार, द्धितिय हुनेलाई १० हजार र तृतिय हुनेलाई ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको थियो । गत आश्विन २५ गतेबाट सञ्चालन भएको प्रतियोगीता सकिएको हो । यसैबीच, प्रतियोगीता सम्पन्न भएपछि नगर प्रमुख नेपालीले आगामी वर्षदेखि मोहन स्मृति ब्याटमिन्टन प्रतियोगितालाई निरन्तरता दिनका लागि नगरपालिकाबाटै बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । कार्यक्रममा इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण रानाले खेल सञ्चालनका लागि महत्वपूर्ण सहयोग गर्नु हुने नगर प्रमुख नेपाली लगायत सबै सहयोगदाता, खेलाडी, सरकारी तथा गैह्रसरकारी कार्यालय प्रमुख तथा प्रतिनिधि, पत्रकारलाई धन्यवाद ज्ञापन गरेका थिए ।
Previous Articleशर्मा माथी अनुसन्धान शुरु ।
Next Article मानव सेवा आश्रममा तीन जना थपिए