बागलुङ,२७ असोज –बिहिबार कार्यकक्षमै सेवाग्रहीसँग घुस लिंदै गर्दा पक्राउ परेका मालपोत कार्यालय बागलुङका प्रमुख विश्वनाथ शर्मामाथि अनुसन्धान सुरु भएको छ । १० हजार रकम सहित रंगेहात पक्राउ परेका उनीमाथी थप अनुसन्धान प्रक्रिया अगाडी बढेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जनाएको छ ।
मालपोत कार्यालयमा अधिकृत वारेशनामा लिएर पुगेका बागलुङका एक सेवाग्रहीसँग पैसाको बार्गेनिङ गरी घुस लिएको भेटेपछि सोही घटनाका आधारमा अनुसन्धान भइरहेको आयोगका सूचना अधिकृत रमेश ढकालले ढोरपाटनलाई बताए । बाटोको म्याद कटाएर २४ घण्टाभित्र मुद्दा हेर्ने अधिकारीलाई पेस गर्नुपर्ने कानुनी व्यवस्था अन्र्तगत उनलाई शुक्रबार नै मुद्दा हेर्ने अधिकृत समक्ष पेस गरिने अयोगले जनाएको छ ।
उनीमाथि आवश्यक अनुसन्धान भइरहेको र अनुसन्धान टुङ्गीए लगत्तै बिषेश अदालतमा मुद्दा दायर गरिने ढकालले बताए । सेवाग्राहीको उजुरीका आधारमा आयोगको टोलीले मालपोत अधिकृत शर्मालाई रंगेहात कार्यालयबाट पक्रेको भएपनि कस्ले उजुरी गरेको भन्ने बारेमा भने आयोगले खुलाएको छैन् ।
Previous Articleबिद्यार्थीलाइ पोषाक बितरण ।
Next Article व्याडमिन्टन प्रतियोगिता सकियो