बागलुङ,२७ असोज –जिल्लाको अमलाचौर स्थित जगन्नाथ प्राथमीक बिद्यालयका १५ जना बिद्यार्थीहरुलाइ शुक्रबार बिद्यालय पोषाक बितरण गरीएको छ । बिद्यार्थिहरुलाइ नियमित बिद्यालय उपस्थित हुन प्रोतसाहन गर्ने उद्देश्यले एड एट एक्सन को आर्थिक सहयोगमा आसमान नेपाल बागलुङले पोसाक बितरण गरेको हो ।
गरीव तथा न्युन आय भएका परिवारका बिद्यार्थीहरुलाइ बिद्यालयमा नियमित उपस्थित हुने प्रेरणा प्रदान गर्न पोसाक बितरण गरीएको आसमान नेपाल बागलुङका प्रमुख लक्ष्मण थापाले बताए । फाटेका र पुराना पोसाकका कारण बिद्यालय नियमित जान नमान्ने बिद्यार्थीहरु पोसाक पाएर दंग परेको बिद्यालयकी शिक्षक तारा शर्माले बताइन् ।
बिद्यार्थीहरुलाइ आसमान नेपालको प्रशिक्षण केन्द्र कुश्मीशेरामा बोलाएर पोसाक बितरण गरीएको थियो । बिद्यालयको प्राथमीक तहमा अध्ययनरत ५ जना छात्र तथा १० जना छात्रा बिद्यार्थीहरुलाइ एक साथ पोषाक उपलव्ध गराइएको छ । पोसाक पाएपछि हौसिएका बिद्यार्थीहरुले आगामि दिनमा नियमित बिद्यालय जाने बताएका छन् । आर्थिक अवस्था कमजोर भएका कारण परिवारले पटक पटक पोषाक परिवर्तन गरिदिन नसक्ने र पुराना तथा फाटेका पोषाक लगाएर बिद्यार्थी बिद्यालय जान नमान्ने समस्या बिद्यालयमा थियो । नयाँ पोषाक पाएपछि बिद्यार्थीहरु नियमित बिद्यालय आउने बिश्वास लिएको शिक्षक शर्माले बताइन् ।