बागलुङ,२७ असोज –स्वास्थ्य अधिकार तथा सुर्तिजन्य बस्तु नियन्त्रणका लागि जिल्ला सञ्जाल बागलुङले हालसम्म जिल्लाका करिव दुई सय सुर्तिजन्य पदार्थका अम्वलीहरुलाई छुटकारा दिलाएको छ । सुर्तिजन्य बस्तुको प्रयोगबाट मानव स्वास्थयमा पर्ने असरको बिषयमा चेतना जगाउँदै सुर्तिजन्य बस्तुको लतमा लागेकाहरुलाई छुटकारा दिलाइएको जिल्ला सञ्जालले जनाएको छ । प्राथामिक स्वास्थ्य सेवा स्रोत केन्द्र रेस्फेक काठमाण्डौको सहयोगमा बागलुङ जिल्लामा २०६० सालदेखि चारतारे युवा क्लबले स्वास्थ्य अधिकार तथा सुर्तिजन्य बस्तु नियन्त्रणका लागि काम गर्दै आएको सञ्जालका अध्यक्ष चण्डीप्रसाद शर्माले बताए ।
बिहिबार चारतारे युवा क्लबको २६ औं स्थापना दिवसको अवसरमा आयोजित स्वास्थ्य अधिकार तथा सुर्तिजन्य बस्तु नियन्त्रण सम्बन्धि कार्यशाला गोष्ठीपछि पत्रकार सम्मेलन गर्दै क्लबले हालसम्मको प्रगती सर्वजनिक गरेको हो । ‘आधारभुत स्वास्थ्य जनताको नैसर्गिक अधिकार हो र निशुल्क रुपमा स्वास्थय सेवा प्रदान गर्नु राज्यको दायित्व हो ।’ भन्ने मान्यतामा आधारित रहेर काम गर्दै आएको जिल्ला सञ्जालले सुर्तिजन्य बस्तुको नियन्त्रणमा सरोकारवाला सबै लाग्नुपने जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पौडेलले प्रहरी पत्रकार लगायत सरोकार राख्ने अन्य पक्ष सँग सहकार्यगरेर कार्यक्रमलाई अझै प्रभावकारी बनाइने बताए ।
सुर्तिजन्य बस्तु न्यूनिकरण ऐनको प्रभावकारी कार्यान्वयनका लागि सम्वद्ध निकायहरुलाई ध्यानकर्षण गराउँदै पौडेलले सबैलाई राज्यबाट हुन सक्ने आधारभुत स्वास्थ्य सेवा समान रुपमा प्राप्त हुन सक्ने गरी नीति बनाई कार्यान्वयन गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै पत्रकार महासंघका सचिव रामबहादुर थापाले सञ्चार जगतले सुर्तिजन्य पदार्थको प्रयोगले मानव स्वास्थयमा पर्ने असरको बारेमा सजग गराउनुपर्नेमा जोड दिए । कार्यक्रमा स्वागत संस्थाका कर्मचारी सुमन जिसी र सञ्चालन चण्डीप्रसाद पौडेलले गरेका थिए ।
Previous Articleसेवकले माफियालाई जनकार्वाही थाल्ने
Next Article घुससहित मालपोतका हाकिम पक्राउ परे