बागलुङ,२७ असोज –नेपाल कम्युनिष्ट पार्टी निकटको राष्ट्रिय युवा जनस्वयम् सेवक जिल्ला समिती बागलुङले जिल्लाका भुमाफिया, भ्रष्टचारी तथा नोकरशाहीहरुलाई कार्बाही गर्ने भएको छ । सर्वसधारणको हित बिपरितका कुनैपनि क्रियाकलापमा संलग्नहरुको पहिचाहन गरी जनकारवाही गरिने समितीले चेतावनी दिएको छ । तेस्रो जिल्ला भेलाको पुर्वसन्ध्यामा शुक्रबार बागलुङमा पत्रकार सम्मेलन गर्दै जनस्वयम् सेवकले यस्तो चेनावनी दिएको हो । सम्मेलनमा बोल्दै राष्ट्रिय युवा जनस्वयम् सेवक जिल्ला समिती बागलुङका अध्यक्ष सुमित घर्तिले जनचाहना बिपरितका कुनैपनि काम गर्नेलाई नछोडिने बताए ।
‘हामीले बिस्तारै त्यस्ता व्यक्तिहरुको सूची बनाइरहेका छौं’ घर्तिले भने– ‘राता–रात धनी बन्न खोज्नेहरुलाई कार्बाही गछौं ।’ भ्रष्टचारी र नोकरशाहीहरुका कारण देशमा राजतन्त्र लगायका व्यवस्थाहरुको अन्त्यका लागी लडेकाहरु भोक–भोकै मर्नुपरेको भन्दै घर्तिले उनीहरुलाई जनताको माझमा ल्याएर कार्वाही गरिने बताए । पार्टी केन्द्रले १० जना राष्ट्रिय भ्रष्टचारी घोषणा गरेर कार्वाही प्रक्रिया अगाडी बढाएको भन्दै घर्तिले जिल्लामा पनि त्यस्ता ब्यक्तिको सूची तयार भइरहेको जानकारी दिए । देशमा ठुला संघर्षहरु भएपनि जनचाहना अनुसारको परिवर्तन नभएको उनको भनाई थियो ।
सरकारले आगामी मंसीरमा तोकेको संघ तथा प्रदेश सभाको निर्वाचन नेकपाले खारेजीको माग गरेको छ । संसदिय ब्यवस्थाले माफिया र भ्रष्टचारीको मात्रै विकास गर्ने भएकाले यो निर्वाचनको खारेजीमा आफुहरु लागेको घर्तिले बताए । स्थानिय निकायको निर्वाचन खारेजीको माग गरिए पनि आफुहरुसँग जनशक्ति नभएका कारण कमजोर भएको भन्दै घर्तिले संघ तथा प्रदेश सभाको निर्वाचन खारेजीमा पुर्ण तयारीका साथ लाग्ने बताए । कार्यक्रममा बोल्दै नेकपाका जिल्ला नेता बाबुलाल शाक्यले पार्टिको निर्णयअनुसार जिल्ला संगठनले तयारी गरिरहेको बताए ।
‘राष्ट्रियता, जनतन्त्र र बैज्ञानिक समाजवादको पक्षमा जुझारु आन्दोलन, एकीकृत जनक्रान्ति र सुदृढ संगठनको लागि तेस्रो जिल्ला सम्मेलन’ भन्ने नाराका साथ राष्ट्रिय युवा जनस्वयम् सेवक बागलुङको तेस्रो जिल्ला भेला शुक्रबार बागलुङ बजारमा हुँदैछ । भेलाको उद्घाटन नेकपाका पोलिटब्युरो सदस्य ओमप्रसाद पुनले गर्ने पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ । भेला सुरु हुनु पुर्व सदरमुकाम बागलुङ बजारको लोकतान्त्रिक चोकमा रातो टि–सर्ट लगाएका ४ सय युवाहरुले मार्चपास गर्ने र त्यसपछि भेलामा परिणत हुने जनस्वयम् सेवक बागलुङले जनाएको छ । भेलाले शुक्रबार नै आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष घर्तिले बताए ।
Previous Article२०७४ असोज २७ शुक्रबारको राशिफल
Next Article यसरी छाडे २ सय जनाले सुर्तिको लत ?