भरत बागलुङे
बिहान बिहानै
फेसबुकको भित्तोमा झुण्डिएर
मेरो कविताको विरूद्व
शब्दको क्षेप्यास्त्र प्रहार गर्यो
यो देशको युवा नेताले
की म गलत बोलिरहेछु !
महोदय !
म गलत बोलिरहेछु
की भ्रष्टाचारीले आजीवन चुनाब लड्न पाउनु हुँदैन
साँसदले आजीवन पेन्सन पाउनु गलत छ
र गलत छ
मन्त्रीहरूको भेडीगोड ।
म गलत छु
की म भ्रष्टहरूलाई चोख्याउने
न्यायलयलाई प्रश्न गरिरहेको छु
गुण्डाका काँध थपथपाउँदै माला पहिर्याईरहेका
नेताप्रति गहिरो अविश्वास राख्छु
र विश्वास गर्दिन म
तिम्रो ठेकेदारी राजनीतिमाथी !
बलेवा बागलुङ