काठमाडौं ,२६ असोज–विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङविरुद्ध खेल्नु अघिल्लो दिन नेपाली टोलीका महत्वपूर्ण सदस्य भरद भेषावकर विरामी भए । उनले बिहीबार अभ्यास सत्र गुमाएका छन् र, भोलि खेल्न सक्ने नसक्ने अझै अन्यौल छ ।
प्रशिक्षक जगत टमाटाका अनुसार यसबारे टिममा छलफल गरेर साँझसम्म निर्णय लिइनेछ । क्वोङ रोड रिक्रिएसन मैदानमा अभ्यासपछि उनले भने, ‘यदि उसले सक्छु भन्यो भने खलाउँछौं । सक्दिँन भन्यो भने खेल्दैन ।’ शरद अनुभवी र महत्वपूर्ण खेलाडी भएको भन्दै कप्तान पारस खड्काले भने, ‘तर, मुख्य कुरा टिम हो । व्यक्तिगत रुपमा कुनै खेलाडी भए पनि नभएपनि टिमले राम्रो गर्नुपर्छ ।’
यदि शरद खेल्न नसकेको अवस्थामा नेपाली ब्याट्सम्यानहरुको अर्डर केही हेरफेर हुनेछ । ओपनिङमा ज्ञानेन्द्र मल्ल र सागर पुन हुनेछन् । शदर खेल्दा उनी तेस्रो नम्बरमा आउनेछन् । तर, उनी नखेल्ने भएमा कप्तान पारस खड्का तेस्रो नम्बरमा आउनेछन् । चौथो नम्बरमा दिपेन्द्र सिंह ऐरी र पाँचौं नम्बरमा आरिफ शेखले ब्याटिङ गर्नेछन् । शदर खेलेको अवस्थामा आरिफले बेञ्चमा हुनेछन् भने पारस चौथो र दिपेन्द्र पाँचौं नम्बरमा आउनेछन् । छैटौं नम्बरमा विनोद भण्डारी हुनेछन् । सातौं र आठौं नम्बरमा बलरद्वय सोमपाल कामी र करण केसी आउनेछन् । त्यसपछि बसन्त रेग्मी र सन्दिप लामिछाने हुनेछन् । ११ औं सदस्य तय भइसकेको छैन् । फास्ट बलर कि स्पिनरलाई खेलाउने तय भएको छैन ।