मुख गन्हाउनु । सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा यस्तो समस्या हुनसक्छ । तर, कतिपयको सासरमुख गन्हाउँछ, अन्य दिनमा पनि । यसको कारण धेरै हुनसक्छ । गलत खानपान, पेटको समस्या, दाँत वा मुखको सरसफाई नहुनु आदिले मुख गन्हाउँछ । हामी ठान्छौं, यो सामान्य समस्या हो । यद्यपी कतिपय अवस्थामा यो गंभिर रोगको संकेत पनि हुनसक्छ । त्यसैले समयमै मुख तथा सास गन्हाउने समस्याबारे जान्न आवश्यक छ । चावहिलस्थित ओम समाज डेन्टल अस्पतालका वरिष्ठ मुख तथा अनुहार विशेषज्ञ डा. सुभाष घिमिरे मुख गन्हाउने समस्याबारे यसरी बताउँछन् । मुख गन्हाउने समस्या दुई कारणले उत्पन्न हुने गर्छ । मुखको समस्याः मुखमा घाउ खटिरा आएमा, गाँठागुँठी आएमा, गिजा पाकेमा, दाँतमा किरा लागेमा, खाल्डो परेमा तथा दाँत राम्ररी सफा नभएमा पनि मुख तथा सास गन्हाउने गर्छ । त्यसैगरी, दाँतको कापमा तथा मुखमा फोहर जम्मा भएर बसेमा पनि त्यहा अड्किएका फोहरका कारण मुख गन्हाउने गर्छ । त्यस्तै, मुखमा जटिल समस्या उत्पन्न भएमा, मुखको क्यान्सर, मधुमेह, स्वास प्रस्वास नलीमा, मृगौलामा समस्या उत्पन्न भएमा पनि मुख तथा सास गन्हाउने समस्या उत्पन्न हुने गर्छ ।
१. क्यान्सरः लामो समयसम्म चुरोट तथा खैनीको सेवन गर्ने मानिसहरुमा मुखको क्यान्सर हुने सम्भावना अधिक रहन्छ । यस्तोमा उनीहरुको मुखबाट नराम्रो गन्ध आउने गर्छ ।
२. फोक्सोको संक्रमणः कयौ मानिसहरु सास गन्हाउने समस्यालाई सामान्य नै मान्ने गर्दछन् । जबकी फोक्सोको संक्रमण भएमा पनि मुखबाट गन्ध आउने गर्छ ।
३. कलेजोको संक्रमणः शरीरको महत्वपूर्ण अंगहरुमध्ये कलेजो पनि एक हो । कलेजोले खानालाई पचाउन सहयोग गर्दछ । तर कलेजोको संक्रमण भएको खण्डमा यसले राम्ररी काम नगर्दा अपचको समस्या उत्पन्न हुने गर्छ । जसका कारण मुख तथा सासबाट गन्ध आउने गर्छ ।
४. मृगौलाको समस्याः मृगौलाको समस्याका कारण शरीरमा मेटाबोलिक परिवर्तन देखा पर्दछ । जसले गर्दा शरीरमा मुख सुख्खा हुने समस्या आउने गर्छ , जसका कारण मुखबाट गन्ध आउने गर्छ ।
५. गिजाको समस्याः जिगाको समस्याका कारण पेरिओडोन्टिक नामक रोग लाग्ने गर्छ । जुन मुख गन्हाउने समस्याको कारण बन्न सक्छ ।
६. मधुमेहः मधुमेहका कारण शरीरमा मेटाबोलिक परिवर्तन देखा पर्न थाल्छ । जसको कारण मुख गन्हाउन थाल्छ ।
७. संक्रमणः सही तरीकाले दाँत नमाझेको खण्डमा दाँतमा व्याक्टेरिया जम्मा हुन थाल्छ । जसका कारण मुखमा संक्रमण भई मुखबाट गन्ध आउने गर्छ । यस्ता समस्याबाट बच्नको लागि यी कुरामा ध्यान दिन जरुरी छ । यदी कसैलाई विहान बेलुकी राम्ररी ब्रस गर्दा पनि मुख गन्हाउने समस्या छभने, मुखको भित्र, गिजा वरिपरि तथा गालातिर ठूलो घाउ छ भने, मुखको राम्ररी सरसफाई गर्दा पनि मुख गन्हाउने समस्या भइरहन्छ भने, मुखमा रातो, सेतो वा कालो घाउ छभने, दाँतलाई पाँच भागमा बाडेर तल, माथि, दायाँबायाँ तथा दातको टुप्पोमा राम्ररी सफा गरेर पनि फेरी डेन्टल चिकित्सकद्धारा दातको सफाइ गर्दा पनि मुख गन्हाउने समस्या कम नभएमा, सबैभन्दा पहिले दात विशेषज्ञका जानु आवश्यक छ ।
यदी दातको सम्पूर्ण चेकजाचका बाबजुद यदी कसैको मुख अन्य कारणले गन्हाउछ भने दात विशेषज्ञको सुझाव अनुसार फिजिसियनसितको परामर्श आवश्यक छ । अन्यथा, मुख तथा शरीरका अन्य भागको जटिल समस्या समेत उत्पन्न हुन सक्छ । –अनलाइनखबरबाट
Previous Article५५ दिने प्रहरी सेवामा भर्ना खुल्यो
Next Article कम्युनिष्टहरुको एकता बहस