बागलुङ,२६ असोज –आगामी मंसीरमा हुने संघ तथा प्रदेश सभाको निर्वाचनको लागि नेपाल सरकारले ५५ दिने म्यादी प्रहरी माग गरेको छ । निर्वाचनको सुरक्षा ब्यवस्था मजबुद बनाउनको लागि म्यादी प्रहरीको दरखास्त आव्हान गरिएको बताइएको छ । मंगलबारदेखी सुरुभएको म्यादी प्रहरीको फारम भर्ने कार्य आगामि असोज ३० गतेसम्म चल्ने जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
मंगलवारबाट सुरु भएको आबेदन दिन जिल्ला प्रहरी कार्यलयमा युवा–युवतीहरुको भीड लागेको छ । जिल्ला प्रहरी कार्यालय परिशसर मंगलबारदेखी नै भीड बढेको प्रहरी नायव उपरिक्षक विश्वराज सिंह थापाले बताए । ५५ दिने प्रहरी सेवामा सामेल हुनको लागि जिल्लाका बिभिन्न भागबाट फारम भर्नेहरुको लर्को लागेको थापाले बताए । जिल्लाको लागि आवस्यक जनशक्ति केन्द्रबाट तोकेर आउने भएकाले अहिलेनै कति जनाले सेवामा समाबेश हुन पाउने भन्ने तय नभएको थापाले बताए । देशभरबाट ९८ हजार २ सय ६८ जनाको माग गरेको प्रहरी प्रधान कार्यालयले जिल्लाले कतिजना भर्ना गर्नसक्ने भन्ने कुनै सुचना नपठाएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
१८ बर्षदेखी ५४ बर्ष उमेर समुहका योग्य नेपाली नागरिकहरुले फारम भर्न सक्ने थापाले बताए । म्यादी प्रहरीको लागि फारम भर्न बागलुङमा महिला र पुरुषको संख्या सरदरमा बराबर जस्दै देखीएको छ । बुधबार जिल्ला प्रहरी कार्यालयमा फरम भर्न पुगेकाहरुमध्ये महिला र पुरुषको संख्या बराबर रहेको थापाले बताए । उनका अनुसार, म्यादी प्रहरीका लागि प्रहरी प्रधान कार्यालयले तोकेअनुसार कुनैपनि राजनीतिक दलमा समाबेश नभएको, नैतिकता पतनदेखी फौजदारी अभियोग कसुर ठहर नभएको, शारीरिक तथा मानसिक रुपमा तन्दरुस्त हुनुपर्ने छ ।
Previous Articleबलेवामा ३ वर्षे कृषि तथा पशु विज्ञान कक्षा शुरु
Next Article मुख गन्हाउँछ ? यसो गर्नुस