बागलुङ, २५ असोज –नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको बिषयलाई लिएर निर्माण व्यवसायी संघ बागलुङले भत्र्सना गरेको छ । मंगलबार प्रेस बिज्ञप्ती जारी गर्दै संघले घटनाको भत्र्सना गरेको हो । फितलो सुरक्षा व्यवस्थाका कारण राजधानीजस्तो ठाउँमा दिनदहाडै गौचनको हत्या भएको भन्दै संघले तत्काल दोषि पत्ता लगाई कडाभन्दा कडा कारवाई गर्न सरकारसँग माग समेत गरेको छ ।
देश निर्वाचनमय भएको बेला देशको एक अग्रणी संस्थाका अध्यक्षको हत्याले आम नेपालिलाइ स्तव्ध बनाएको बिज्ञप्तीमा उल्लेख छ । निर्माण व्यवसायी संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ‘यस घटनाले जिल्ला तथा देशभरका निर्माण ब्यवसायीहरुलाइ सुरक्षाको पूर्णप्रत्याभूति दिनपनि संघ अपिल गर्दछ ।’ संघले मुलुकको समृद्धिको मुल आधार संरचना निर्माण भएको भन्दै जस्तोसुकै परिस्थितिमा पनि आफ्नो गतिबिधिलाई क्रियाशिल बनाईरहेका व्यवसायीहरुलाइ गौचनहत्याको घटनाले स्तव्ध बनाएको उल्लेख गरेको छ ।
अध्यक्ष गौचनका हत्यारालाइ पक्राउ गरी सार्वजनिक गर्नुपर्ने, निर्माण ब्यवसायीहरुको सुरक्षाको प्रत्याभुती दिनुपर्ने, निर्माण ब्यवसायीको कार्यक्षेत्रमा बिभिन्न क्षेत्रबाटहुने धरपकडलाइ रोक्नका लागी सरकारले उचित कदम नचालेसम्म निर्माण ब्यबसायी संघको कार्यालय बन्द गर्ने बिज्ञप्तीमा उल्लेख छ । बागलुङ जिल्लामा आव्हान गरीने सम्पुर्ण टेण्डर प्रकृयामा भाग नलिई निर्माणको चरणमा रहेका सम्पुर्ण काम बन्द गरी महासंघको निर्णय अनुसार सम्पुर्ण व्यवसायीहरु राजधानी केन्द्रित हुने र बिरोधका कार्यक्रममा सहभागी हुन पनि संघले आव्हान गरेको छ ।
Previous Articleस्वास्थ्य अधिकार तथा सुर्तिजन्य बस्तु नियन्त्रण जिल्ला सञ्जाल
Next Article टिकट राजधानीमा छ