बागलुङ, २५ असोज–प्राथामिक स्वास्थ्य सेवा स्रोत केन्द्र रेस्फेक काठमाण्डौको सहयोगमा बागलुङ जिल्लामा २०६० सालदेखि ‘सबैका लागि स्वास्थ्य’ भन्ने मुलभुत नारा लिई स्वास्थ्य अधिकार तथा सुर्ति नियन्त्रण तथा स्वास्थ्य सम्वन्धि विभिन्न कार्यमा क्रियाशिल स्वास्थ्य अधिकार तथा सुर्तिजन्य बस्तु नियन्त्रणका लागि जिल्ला सञ्जाल बागलुङको सोमवार एक कार्यक्रमका बीच पुर्नगठन गरिएको छ ।
सञ्जालमा रहेका पदाधिकारीहरु विभिन्न कामको सिलसिलामा बाहीर भएको कारणले पुर्नगठन गर्नु परेको जिल्ला समन्वय संस्थाको रुपमा रहेको सिवाईसी नेपालका अध्यक्ष एवं सञ्जालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी दिए । पुन पौडेलको अध्यक्षता र गै.स.स. महासंघ बागलुङका सचिव तेजप्रसाद शर्मा सचिव रहने गरी पुर्नगठन गरिएको सञ्जालमा स्वास्थ्यकर्मी, विभिन्न गै.स.स. र सहकारी संघ संस्थाका प्रतिनिधि, पत्रकार, विद्यालयका प्रतिनिधि, बस व्यवसायी संघका प्रतिनिधिहरु लगाएतका व्यक्तिहरु सदस्यमा रहेका छन् ।
पुर्नगठन पश्चता मंगलबार नै सञ्जालका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न सञ्जालको बैठकले मिति २०७४ आश्विन २६ गतेका दिन स्वास्थ्य अधिकार तथा सुतिजन्य बस्तु नियन्त्रण सम्वन्धि अभिमुखीकरण कार्यक्रम गरी बागलुङ जिल्लामा जनताले पाउनुपर्ने स्वास्थ्य अधिकारको अवस्था, समस्या र समाधानको विषयमा कार्यपत्र प्रस्तुत गर्ने तथा सोही दिन पत्रकार सम्मेलन गरी उक्त विषयमा जानकारी गराउने कार्यक्रम तय गरेको छ । बैठकले सुर्तिजन्य बस्तु न्यूनिकरण ऐनको प्रभावकारी कार्यान्वयनका लागि सम्वद्ध निकायहरुलाई ध्यानकर्षण गराउने समेत निर्णय गरेको छ ।
स्वास्थ्य अधिकार तथा सुर्तिजन्य बस्तु नियन्त्रण जिल्ला सञ्जाल
Previous Article२०७४ असोज २५ बुधबारको राशिफल
Next Article निर्माण व्यवसायी संघको भत्र्सना ( बिज्ञप्तीसहीत )