वीरबहादुर चोखाल
पृष्ठभूमिः
बागलुङ जिल्लाको मध्य भागमा अवस्थित गलकोट क्षेत्र ऐतिहासिक, सामाजिक, सांस्कृतिक, प्राकृतिक र जैविक दृष्टिकोणले सम्पन्न क्षेत्र हो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ अनुसार राज्यको पुनर्संरचना पश्चात गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको भौगोलिक क्षेत्रलाई गलकोट भनिन्छ । गलकोटको मौलिक कला संस्कृति एवं प्राकृतिक सम्पदाको संरक्षण, संवद्र्धन तथा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका लागि विभिन्न समयमा सबैजसो स्थानमा उत्सव तथा मेलाहरु हुने गरेका छन । गलकोट क्षेत्रका सबैको अपनत्व हुने गरी वि.सं. २०६३ मंसिर १ देखि ७ गे सम्म हरिचौको बसाहफाँटमा ऐतिहासिक गलकोट घुम्टे महोत्सव सम्पन्न भएको थियो । यद्यपि विगत ११ वर्ष यता गलकोट क्षेत्रका सबैको अपनत्व हुने गरी कुनै महोत्सवको आयोजना हुन नसकेको परिपेच्क्ष्यमा हिमालयन म्युजिकल इन्भेष्ट म्यानेजमेन्ट प्रा .लि.को आयोजना तथा व्यवस्थापन र स्थानीयको सहयोगमा यही असोज १८ देखि २८ सम्म गलकोट नगरपालिकाको कार्यालय रहेको मजुवाफाँटमा प्रथम गलकोट सांस्कृतिक महोत्सव हुदै छ । जसको सबै तयारी पूरा भएका छन् । गलकोटमा महोत्सवको आवश्यकता महोत्सव शब्दको शाब्दिक अर्थ ठूलो उत्सव वा पर्व, विशेष किसिमको हर्षबढाइँ वा सजावट भएको समारोह भन्ने हुन्छ ।
महेत्सवले स्थानीय कला, संस्कृति, पर्यटन तथा व्यापारको प्रवद्र्धन गर्न मद्दत पुग्छ । समृद्ध गलकोटका लागि खेलकुद, संस्कृति तथा वातावरण संरक्षण समाज हरिचौर र घुम्टे पर्यटन विकास केन्द्र हरिचौर गलकोेटको अगुवाइमा ‘लोपोन्मुख कला संस्कृति एवं प्राकृतिक सम्पदाको संरक्षण र सम्बद्र्धन, प्राकृतिक जैविक तथा आन्तरिक र बाह्य पर्यटनको प्रवद्र्धन’ भन्ने मूल उद्घोषका साथ वि.सं. २०६३ मंसिर १ देखि ७ गतेसम्म गलकोट हरिचौरको बसाहफाँटमा गलकोट घुम्टे महोत्सव सम्पन्न भए पश्चात करिव ११ वर्ष यता गलकोटमा महोत्सवको आयोजना हुन सकेको छैन । समग्र गलकोटको विकास, व्यापार प्रवद्र्धन र पर्यटन विकाका लागि बृहत् गलकोट महोत्सवको आवश्यकताको महशुश समग्र गलकोटबासीले गरेका छन् । जन निर्वाचित निकाय गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ को नीति तथा कार्यक्रमको पृष्ठ १० मा ‘नगरको सांस्कृतिक, सामाजिक तथा धार्मिक र पर्यटन प्रवद्र्धनका लागि प्रत्येक २÷२ वर्षमा गलकोट महोत्सव गरिने छ ।’ भन्ने उल्लेखबाट गलकोट महोत्सवको आवश्यकताको पुष्टि हुन्छ । गलकोट घुम्टे पर्यटन विकास केन्द्रको आयोजनामा गत भदौ २३ गते गलकोट हटियामा सम्पन्न अन्तक्रिया गलकोटको समृद्धिका लागि दोस्रो गलकोट घुम्टे महोत्सवको आवश्यकता रहेको गलकोट नगरपालिका, ताराखोला गाउँपालिका, स्थानीय राजनीतिक दल र संघ संस्थाको एकमत रहनुले गलकोट महोत्सवको आवश्यकताको पुष्टि हुन्छ । यसरी गलकोटेको साझा आवश्यकता बनेको महोत्सवले स्थानीय कला, संस्कृति, पर्यटन र व्यापार प्रवद्र्धन गर्नेमा कसैको दुई मत हुन सक्दैन । यद्यपि यसरी आयोजना गरिने महोत्सव सरोकारवालाको समान बुझाई सहभागिता भने हुनु पर्दछ । प्रथम गलकोट साँस्कृतिक महोत्सवको विकासक्रम संघीय गणतन्त्र नेपालको प्रदेश नं. ४ पर्यटन उद्योगका दृष्टिले सम्पन्न र संभावनाको पर्याय हो । प्रदेश नं. ४ को राजधानी मानिने पोखरा पर्यटन प्रवद्र्धन र उत्थानका लागि परियोजना सञ्चालनका लागि विभिन्न संघसंस्था स्थापना हुनु र क्रियाशील हुन स्वभाविक हो । समग्र विकासका लागि नयाँ कल्पना भन्ने मान्यताका साथ स्थापना भएको हिमालयन म्यूजिकल इभेन्ट म्यानेजमेन्ट प्रा.लि. पोखराले प्रचुर पर्यटकीय संभावना बोकोको गलकोट क्षेत्रमा स्थानीय सहकार्यका साथ महोत्सव आयोजना गर्न करिव ६ महिनादेखि यहाँका सरोकावाला संघसंस्था एवं व्यक्तिहरु संग औपचारिक तथा अनौपचारिक रुपमा छलफल केन्द्रित गरेको थियो । गत साउन १२ गते बिहीवार हिमालयन म्यूजिकल इभेन्ट म्यानेजमेन्ट प्रा.लि.का सचिव मोहन के.सी.ले गलकोट हटियामा पत्रकार सम्मेलन गरी हिमालयन म्यूजिकल इभेन्ट म्यानेजमेन्ट प्रा.लि. पोखराको आयोजना तथा गलकोट नगरपालिकाको समन्वयमा २०७४ भदौ २२ देखि असोज १ गतेसम्म गलकोट नगरपालिकाको कार्यालय रहेको गलकोट नगरपालिका वडा नं ६ मजुवा फाँटमा जग्गा भाडामा लिएर गलकोट घुम्टे महोत्सव गर्ने औपचारिक घोषणा गरेका थिए । स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यममा महोत्सवको समाचार प्रकाशन तथा प्रशारण भए पछि उक्त महोत्सवका बारेमा सार्वजनिक रुपमा नै बिभिन्न टीका टिप्पणीहरु भए । गलकोट घुम्टे पर्यटन विकास केन्द्रले महोत्सवको आयोजक, सह–आयोजक बन्ने विषयमा बैठकमा छलफल ग¥यो । समृद्ध गलकोट चाहने केही पर्यटनप्रेमी व्यक्तित्वले महोत्सवलाई बृहत् गराउने कसरत गरे । आयोजकले सल्लाह र सुझावहरुलाई आत्मासात गरी उदारता देखाउदै महोत्सवको मिति करिव १ महिना सार्न सहमत भए । जननिर्वाचित संस्था तथा महोत्सवका गलकोट स्तरीय सरोकारवाला संस्थाहरुसँग समन्वय गर्ने प्रयास असफल भएपछि अन्ततः महोत्सव स्थलका स्थानीयबासीको हार्दिकता र सहयोगमा समाजसेवी हर्कबहादुर पाण्डेको संयोजकत्वमा १४ सदस्यीय सहयोग समिति र अन्य उप समिति गठन गरी यही असोज १८ देखि २८ सम्म गलकोट नगरपालिकाको कार्यालय रहेको मजुवाफाँटमा प्रथम गलकोट सांस्कृतिक महोत्सव सम्पन्न गर्न तदरुपकताका साथ लागि परेको छ । प्रथम गलकोट साँस्कृतिक महोत्सवका आकर्षण ‘समग्र विकासका लागि नयाँ कल्पना’ भन्ने उद्घोषका साथ आयोजना गरिएको प्रथम गलकोट सांस्कृतिक महोत्सव २०७४ मा प्रदर्शनात्मक र प्रतियोगितात्मक गरी २ प्रकारका कार्यक्रम रहेका छन् । ११ दिन चल्ने महोत्सवका आकर्षण यस प्रकार रहेका छन ।
क) प्रदर्शनात्मक कार्यक्रम मूलत यो सांस्कृतिक महोत्सव भएकाले राष्ट्रिय स्तरका चलचित्रका नायक, नायिका, लोदोहोरी गायक गायिका, पप गायक गायिका हास्यव्यङ्ग्य कलाकार, मोडलहरुको सांगेतिक र हास्यव्ङ्ग्य प्रस्तुति गलकोटका पुराना र मौलिक संस्कृतिका गीत तथा नृत्यहरु (साँस्कृतिक झाँकी) प्रदर्शन, स्थानीय हस्तकलाका सामग्री प्रदर्शन,विभिन्न जातजातिको वेषभूषा प्रदर्शन, जडीबुटी प्रदर्शन, व्यवसायिक बस्तु प्रदर्शन, सस्तो बजार, बाल उद्यान, पर्यटकीय स्थलको तस्विर प्रदर्शन लगायतका कार्यक्रम रहेका छन ।ख) प्रतियोगितात्मक कार्यक्रम प्रथम गलकोट सांस्कृतिक महोत्सव २०७४ मा गलकोटमा नै पहिलो पटक सर्वाधिक राशी १ लाख २ हजार २ सय २२ को खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला लोक दोहोरी गीत प्रतियोगिता, प्रथम गलकोट डान्स च्याम्पियन, आमा समूह स्तरीय रत्याली गीत प्रतियोगिता लगायतका कार्यक्रम रहेका छन । प्रथम गलकोट साँस्कृतिक महोत्सवको प्रभावकुनै पनि समाजमा हुने मेला तथा महोत्सवले समाजमा सकारात्मक नकारात्मक प्रभाव पारेको हुन्छ । प्रथम गलकोट सांस्कृतिक महोत्सव २०७४ ले समग्र गलकोटको विकास तथा पर्यटन प्रबद्र्धनमा पार्न सक्ने संभावित प्रभावहरु यस प्रकार रहेका छन ।
क) सांस्कृतिक प्रभाव गलकोट क्षेत्र मौलिक कला र संस्कृतिको खानी हो । सांस्कृतिक विविधतामा एकता भएको गलकोटमा सोरठी, घाटू, गोपिचन, मालसिरी, साराङ नाच, यानीमाया, सुनिमाया, सालैजो, नानी लै, घुम्टे साहिला, नौमतिबाजा, वर्षे जात्रा आदि मौलिक संस्कृति रहेका छन भने नेपालको राष्ट्रिय लोक दोहोरी गीतका हस्तीहरु विष्णु खत्री, बसन्त थापा, थानेश्वर गौतम, देवी घर्ती, श्रीकृष्णबम मल्ल, रामकृष्णबम मल्ल, इश्वर सिंह, रेशम निर्दाष, नविन राना, देव साहनी, दुर्गाेश थापा लगायतले राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा प्रभाव पारेका छन् । यस सांस्कृतिक महोत्सवले मौलिक संस्कतिको संरक्षण, संवद्र्धन, सुसुप्त रुपमा रहेको नवप्रतिभाको खोजी गर्नेछ । फलस्वरुपः नयाँ पुस्तामा पाश्चात्य संस्कृतिभन्दा मौलिक संस्कतिलाई माया गर्ने वातावरण सिर्जना गर्नेछ ।
ख) सामाजिक प्रभाव गलकोट सदियौदेखि सामाजिक एकताको नमूना क्षेत्र हो । विभिन्न जातजाति, वर्ग, सम्प्रदाय, धर्मालम्वीहरुको बसोवास गर्ने यस क्षेत्रमा प्रथम गलकोट सांस्कृतिक महोत्सव २०७४ ले सामाजिक एकताको सन्देश दिने छ । समाज विकासकालागि राजनीतिक विचार, भूगोल, व्यक्तिगत स्वार्थभन्दा माथि उठनु पर्दछ । समाज विकासका लागि समाजका सवै पक्षलाई समेटेर अघि बढनु पर्छ भन्ने भावना जागृत बनाउने छ । भर्खर मात्र नगरपालिकाको गठन भएको हुदा नगरपालिकाको केन्द्रलाई आत्मसात गर्ने, नगरको विकास नै आफ्नो विकास हो भन्ने धारणाको विकास गराउने छ ।
ग) पर्यटकीय प्रभाव बागलुङ जिल्लाको गलकोट क्षेत्र प्रदेश नं. ४ मा नै पर्यटकीय संभावना बोकेको सुन्दर क्षेत्र हो । ऐतिहासिक राजाको दरवार, घुम्टे लेक, डुडेलेक, कालिलेक, गाजाको धूरी, निलुवा निहुरेको धूरी, ऐतिहासिक गोलकोत मैदान, गाइघाट झरना, भूत्याहाको गल्छी आदि यहाँका पर्यटकीय संभावना बोकेका क्षेत्र हुन । प्रथम गलकोट सांस्कृतिक महोत्सव २०७४ ले साँस्कृतिक पक्षको सम्बद्र्धन मात्र नगरी महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुबाट यी पर्यटकीय क्षेत्रको अवलोकन गर्न तथा प्रचारप्रसार गर्न मद्दत गर्नेछ । मध्यपहाडी लोकमार्गको नजिक कार्यक्रम स्थल भएकोले गलकोट क्षेत्रभन्दा बाहिरबाट पनि धेरै आन्तरिक तथा बाह्य पर्यटक आउने संभावजन रहेको छ ।
घ) आर्थिक प्रभाव कुनैपनि मेला तथा महोत्सवले प्रभाव पार्ने महत्वपूर्ण पक्ष भनेको आर्थिक पक्ष हो । हरेक कार्यक्रमहरु आर्थिक पक्षसँग गासिएका छन । झण्डै २० हजार दर्शकले अवलोकन गर्ने दाबी गरिएको यस महोत्सवमा १०० धन्दा बढी व्यापारिक स्टलहरु रहने छन । सर्वसाधारणहरुबाट रु. ७० र विद्यार्थीबाट रु ५० प्रवेश शुल्क लिइने यस महोत्सवबाट राज्यले नियमानुसार पाउने कोष असुली गर्ने छ । व्यापारि स्टलहरुमा ११ दिनसम्म करोडौको व्यापार हुने छ भने स्थानीय हटिया हरिचौरका व्यापारीहरुले नि लाखौको व्यापार गर्ने छन् । आयोजकको दावीअनुसार स्टलमा सस्तो बजार भनिएकोले सर्वसाधारणले सुपथ र सहुलियत मूल्यमा व्यापारिक बस्तु खरिद गर्नेछन् । आयोजकको भूमिका कुनैपनि कार्यक्रमको उद्देश्य के हो ? कार्यक्रम कस्तो बनाउने ? कसरी व्यवस्थापन गर्ने भन्ने कुरा आयोजकको दृष्टिकोण हो । हिमालयन म्यूजिकल इभेन्ट म्यानेजमेन्ट प्रा.लि. पोखराले स्थानीय सहयोगमा गलकोटको समृद्धिका लागि जुन महोत्सव आयोजना गरेको छ त्यसलाई सफल बनाउनका लागि सुरुमा जे–जस्तो अवधारणा गलकोटमा सार्वजनिक गरिएको थियो सोही अनुसार अघि बढनु पर्दछ आयोजक जिम्मेवार संस्था भएकोले उदार भावनाका साथ स्थानीयबासी सँग सहकार्य गर्दै सवैलाई समेटेर अघि बढनु पर्दछ । प्रथम गलकोट सांस्कृतिक महोत्सव २०७४ सफल पार्न तथा निरन्तरताका लागि आयोजकले मूर्त, पारदर्शी र व्यवहारिक कार्यक्रम तथा त्यसको समय सीमा सहितको तालिका समयमा नै सार्वजनिक गर्नु पर्दछ जसले जनविश्वास बढ्नुका साथै महोत्सव सम्पन्न गर्न मद्दत गर्नेछ ।नागरिक दायित्व नेपालको प्रदेश नं. ४ को राजधानी मानिने पोखरामा स्थापना भएर नेपालै भरि साङ्गेतिक कार्यक्रम गर्ने उद्देश्य बोकेको हिमालयन म्यूजिकल इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले गलकोटमा गर्न लागेको प्रथम गलकोट सांस्कृतिक महोत्सव २०७४ लाई गलकोटवासीहरुले अवसरका रुपमा उपयोग गर्नु पर्दछ ।
देश भर्खर मात्र संघीय प्रणालीमा गएको छ । गलकोट नगरपालिका तथा ताराखोला गाउँपालिका विकासको शुभराम्भको समयमा छन् । आयोजक संस्था पोखरामा स्थापना भए पनि उसको कार्य क्षेत्र नेपालै भरि भएकाले गलकोट पनि उसको कार्य क्षेत्रभित्र पर्दछ । प्रथम गलकोट सांस्कृतिक महोत्सव २०७४ सफल हुदा गलकोटको समृद्धिमा टेवा पुग्ने हो । गलकोटको कृषि, पशुपालन सहित सामाजिक, सांस्कृतिक ऐतिहासिक, धार्मिक र पर्यटकीय पक्षो संम्बद्र्धन हुने हो यसका लागि गलकोटवासी हरे नागरिकले महोत्सव कुन ठाउँमा हुदैछ ? आयोजक को हो ? महोत्सव स्थल कुन भूगोलमा पर्छ ? त्यहा कुन जातिका मानिस बस्छन ? कुन धर्मालम्वी बस्छन ? कुन पार्टीलाई भोट हाल्छन ? भनेर संक्रिण भावना त्यागेर उदार भावनाका साथ गलकोटको समृद्धिमा महोत्सवलाई प्रत्यक्ष वा परोक्ष सहयोग गर्नु पर्दछ । महोत्सवलाई यो या त्यो वाहनामा असहयोग गर्ने र तटस्थ बस्ने प्रवृत्ति राम्रो होइन । गलकोटको साझा विकासको लागि व्यक्तिगत स्वार्थ, आग्रह पूर्वाग्रह त्यग्नु पर्दछ ।निश्कर्षः समग्र गलकोटको विकास भन्नु भौतिक पूर्वाधारको विकास मात्र होइन, शिक्षा, स्वास्थ्य, चेतनाको र मौकि कला र संस्कृतिको प्रवद्र्धन पनि हो ।
गलकोट महोत्सव गलकोटमा क्रियाशील संघ संस्थाको आयोजना गरिनु पर्दथ्यो । सबै गलकोटबासीको सहभागिता हुनु पर्दथ्यो त्यो हुन सकेन तर पनि हिमालयन म्यूजिकल इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले आफूले गलकोटबाट कुनै स्वार्थ सिद्धि नहुने गरी गलकोटको समृद्धिमा सांगीतिक कार्यक्रम र प्रतियोगितात्मक कार्यक्रम गर्दैछ । यो सकारात्मक रुपमा ग्रहण गर्दै सबैले रचनात्मक सहयोग गरौ । गलकोट नगरपालिका, गलकोट नगर विकास समिति, क्रियाशील रानीततिक दलले साझा धारणा बनाइ प्रथम गलकोट सांस्कृतिक महोत्सव २०७४ लाई अवसरका रुपमा उपयोग गरौं ।
Previous Article भजनेको संगतले संगीतकार बनायो
Next Article बायायाँतर्फ ढल्किएर यसकारण सुत्नुपर्छ