पढ्नका लागि झोला बोकेर पोखराको खाल्डोमा झरेका बागलुङको बलेवाका तारानाथ आचार्य यति बेलाका ब्यस्त संगीत संयोजक हुन् । २०५८ सालमा उच्च शिक्षा हाँसिल गर्नको लागि पोखरा झरेका उनी एकाएक नेपाली लोकगीत संगीतमा छाएका छन् । गाउँमा छँदा बाउबाजेसँग गाएको भजनले प्रभावित आचार्य जीवन शर्माका रक्तिमका गीत गुन्जाउन निकै सिपालु थिए । पोखरा पुगेपछि राष्ट्रिय कलाकारहरुको संगतले गीत संगीतमा लागेका उनी गीत बनाउने र गाउने मात्र होइन संगीत संयोजनमा समेत निकै माहिर बनेर निस्के । पहिलो एल्बम ‘आँखाबाट आँसु झ¥योनि’ मार्फत नेपाली लोकगीतको क्षेत्रमा पाइला टेकेका उनले हालसम्म दुई दर्जन बढी लोक तथा दोहोरी लयका गीत सिर्जना गरेका छन् । आचार्यले बिभिन्न बिधाका ४ सय भन्दा बढि गीतमा संगीत संयोजन गरेको बताए ।
पोखरामा बसेर गीत संगीतको सिर्जना गर्दा उनी सांगीतिक क्षेत्रमा सफल मात्रै भएनन् संगीतको खेती गर्ने ब्यबसायी समेत बनेका छन् । दुर–दराजका सर्जकले सिर्जना गरेका शव्द संगीतलाई एल्बममा संग्रहित गर्न काठमाण्डौ नै पुग्नु पर्ने परिपाटीको अन्त्य गर्न उनी आफै कस्सिए । आफ्ना सिर्जनालाई सहज रुपमा बजारमा लैजान र नयाँ कलाकारलाई प्रोत्साहन गर्न उनले हाल पोखरामा नै रेकड्रिङ स्टुडियो खोलेका छन् । शव्दको खेतीमा स्वरको मलजल गर्दै गरेका आचार्य अहिलेका सफल संगीत संयोजक (म्युजिक एरेन्जर) हुन् । आचार्यले पोखरामा स्टुडियो खोलेपछि आसपासका सबै सर्जकलाई सहज भएको बताउँछन् । आर्थिक हिसाबले सस्तो र गुणस्तरका हिसाबमा एकनास हुने भएपछि गीतहरु रेकर्ड गर्न आउनेको लर्को लाग्ने गरेको उनले बताए । आफुले गीत रेकर्ड गर्दाको दुःख सम्झेर सर्जकहरुलाई सहज वातावरण बनाउन स्टुडियो सञ्चालन गरेको उनले बताए ।
‘पहिला पहिला हुलाकमा चिठी हाल्न पथ्र्याेत्यहि चिठीले मायालाई सबै खबर गथ्र्याे अहिले फेरी संचारमाध्यम मोबाइल फोन आयोफोन गरम फोन लाग्दैन टाउको मात्र खायो
सबको हातमा मोबाइल सेट हुने, कहिले होला मायासँग भेट हुने, भन्छन इजी छ मायालाई फोन गर्यो नेटवर्क बिजी छ ।’
आचार्यको शव्द संगीतमा रामचन्द्र काफ्लेले आवाज भरेको यो गीतले एकपटक बजारमा रामै्र व्यापार गरेको थियो । शंका लाग्छ झन्, जागीर पाईएन, लगायतका सफल गितको सिर्जना गरेका आचार्यले संगीत संयोजनमा बिभिन्न अवार्ड समेत जितेका छन् । लोकदोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिले आयोजना गरेको यस बर्षको उत्कृष्ट संगीत संयोजन अवार्ड उनले संगीत संयोजन गरेको ‘झल्को मात्रै आउनी’ एल्बमले जितेको छ । लोकदोहोरी गीत प्रतिष्ठान धौलागीरीको दुई कार्यकाल अध्यक्ष पदमा रहि काम गरेक आचार्यले कयौं सर्जक उत्पादन गर्न सहयोग गरेको प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष कृष्ण अखेलीले बताए । गाउँमा छँदा भजनेको संगतले गीत संगीतमा लागेका आचार्यलाई पोखरा छिरेपछि संगीतकार तेजेन्द्र गुरुङको संगतले संगीत संयोजक बनायो । २०७२ सालमा गुरुङसँग संगीत सिकेका उनले अहिले महिनामा १० देखी १५ वटासम्म गीतमा संगीत संयोजन गर्ने गरेका छन् । उनले संगीत संयोजन गरेमामध्ये कोदो, धानको बाला, मोदीको पानी, मुग्लिनमा भात खाँदा , अमेरीका, प्रदेशीको जिवन लगायतका लोकहोरी गित सफलताको सिखरमा छन् ।
–तारानाथ आचार्य÷बागलुङ