बागलुङ, २३ असोज–सहकारी तथा गरिबी निवारण राजय मन्त्री चम्पादेवी खड्काले सहकारीमार्फत छरिएर रहेको पूँजिलाई एकीकृत गरेर उत्पादन बढाउने र रोजगारी सिर्जनामा लगाउनुपर्ने बताएकी छिन् । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको आठौं समृद्धि दिवशको अवसरमा बोल्दै उनले सहकारी अभियानबाटै देशको अर्थतन्त्रको सुधार हुन सक्ने धारणा राखिन् । नेपालको सहकारी अभियानले उचाई पाउँदा नेपाली जनताको आर्थिक समृद्धि पनि जोडिएर आउने उनको भनाई छ ।
कार्यक्रममा सल्लाहाकारहरुको तर्फवाट देवबहादुर श्रेष्ठ, जिल्ला स्वास्थ्य सहकारी संघ लि. का अध्यक्ष सीता शर्मा, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव ऋषीराम गौतम, सदस्य सेवा केन्द्रहरुको तर्फबाट बाटाकाचौर सेवा केन्द्रका संयोजक मदनवहादुर कार्की लगायतले बोलेका थिए । संस्थाको दिगो र संस्थागत विकासको लागि शेयर तथा सदस्यता बृद्धि अभियानमा योगदान पु¥याउने शेयर दम्पतीहरु, शेयर सदस्यका छोराछोरीमध्ये आ.व. ०७३।०७४ को प्लस टु परीक्षामा सर्वोकृष्ठ अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
सोही क्रममा संस्थाका ७३ वर्ष उमेर पुगेका जेष्ठ नागरिक शेयर सदस्यहरुलाई ७ सय ५० का दरले पेन्सन सुविधा वितरण र संस्थाबाट ऋण लगी भाखा ननघाई निरन्तर रुपमा किस्ता तथा ब्याज तिर्ने र संस्थामै निरन्तर बचत गर्ने उत्कृष्ट कारोबारी ५० जना सदस्यलाई संरक्षित पुँजी फिर्ता कोषमार्फत रकम उपलब्ध गराईएको थियो । उक्त कोषबाट ४६०३ जनालाई संरक्षीत पुँजी कोष फिर्ता दिईएको संस्थाका प्रवन्धक नवराज शर्माले जानकारी दिए ।
Previous Articleवैद्य माओवादीको सम्मेलन
Next Article दिदीबहिनी सहकारी संस्थाको साधारणसभा