🖎 विनोद विवश
जब हाम्रो नाता बहिनी भयो र दाइ भयो
सम्बन्ध प्रगाढ हुनुपर्ने हो झन् पराई भयो
एउटा लास यो सोचिरहेछ मसानघाटमा
आज जिन्दगी पनि समयबाट रिहाइ भयो
रोग निको पार्न सकेन कुनै अस्पतालले
झाँक्रीले तिम्रो तस्बिर देखायो दवाई भयो
न मृत्युको पुष्टि भयो न त भेटिने आशा छ
आमाको सारा जिन्दगी बाको पर्खाइ भयो
भएको साहारा पनि अमेरिका गए पछि
बा लाई छोरो पढाएकोमा नै पछुताइ भयो
जैमिनी ०१, बागलुङ