बागलुङ, २२ असोज–आसन्न संघ र प्रदेश निर्वाचनका लागि राजनीतिक दलहरुले उमेदवारको नामाबली टुंगो लगाउने तयारी गरेका छन् । अधिकांस दलको उमेदवारको अन्तिम टुंगो केन्द्रले लगाउने भएपछि सबै दलहरुले नाम सिफारिस गरेर पठाउने काम गरिरहेका छन् । केही दलले थोरै आकांक्षी पठाएका छन् भने केहीले लामो लर्को पठाएका छन् ।
जिल्लाभित्र क्रियशिलमध्ये राष्ट्रिय जनमोर्चाले क्षेत्र नं. १ का लागि एक जना मात्र उमेदवारको नाम टुंगो लगाएको छ । अन्यको छलफलमै छ । कांग्रेसले आकांक्षी भएका सबै जनाको नाम केन्द्रमा पठाएको सभापति दिपेन्द्रबहादुर थापाले बताए । क्षेत्र नं. १ बाट केन्द्रीय सदस्य रत्ना शेरचन, सहकारी तथा गरिवि निवारण राज्य मन्त्री चम्पादेवी खड्का, सांसद प्रकाश शर्मा पौडेल, महासमिति सदस्य किरणराज पौडेल, जगदिशचन्द्र उपाध्याय, मणीभद्र कंडेल, टंकप्रसाद कंडेल, पार्टी सभापति दिपेन्द्रबहादुर थापा र पूर्ण बहादुर पौडेलको नाम सिफारिस गरेको हो । क्षेत्र नं. १ बाट ६ जनालाई समानुपातिकमा सिफारिस गरेको छ । प्रत्यक्षमा सिफारिस केन्द्रीय सदस्य रत्ना शेरचन समानुपातिकमा पनि परेकी छिन् । प्रदेश सभाका लागि क्षेत्र नं. १ (क) मा प्रत्यक्ष तर्फ ७ र समानुपातिकमा १५ जनाको नाम सिफारिस भएको हो । गंगाप्रसाद कंडेल, चिरिञ्जिवी गौतम, महेन्द्र कंडेल, बसन्तकुमार श्रेष्ठ, बिष्णु पौडेल, क्या. हरि भण्डारी र बालकृष्ण सापकोटालाई प्रदेशको प्रत्यक्ष तर्फ सिफारिस गरेको हो । क्षेत्र नं. १ (ख)मा १३ जनाको नाम सिफरिस छ ।
ती मध्ये संघमा सिफारिस किरणराज शर्मा, कृष्णप्रसाद शर्मा, गणेश सापकोटा, दुर्गादत्त आचार्य, डिल्लीराम सुवेदी, नवराज पौडेल, नारायण शर्मा पौडेल, पदमबहादुर केसी, भीमबहादुर श्रीष राना, बिष्णु बस्नेत खत्री, सागर परियार, हरिप्रसाद आचार्य र हरिहर शर्मा छन् । क्षेत्र नं. २ मा संघका लागि प्रत्यक्ष ८ जना र समानुपातिकमा ६ जना सिफारिसमा परेका छन् । ती मध्ये बर्तमान सांसद ज्ञानकुमारी छन्त्याल, सिंहबहादुर राना, नरबहादुर पुन, रामप्रसाद आचार्य, धिरप्रताप सिंह, ध्र्रुवराज गौतम, टेकराज पौडेल र जीत शेरचन छन् । समानुपातिकमा ऋषिराम कंडेल, गणेश शेरचन, दिलेन्द्र रामजाली, देवीप्रसाद भट्टचन, सोमबहादुर पौवी र लालबहादुर घर्ती छन् । क्षेत्र नं. २ (क)मा ९ जना प्रत्यक्षमा छन् । उमेश गौतम, कृष्ण केसी, घनश्याम गौतम, डिलाराम सुवेदी, फमबहादुर खत्री, मञ्जु चालिसे, मञ्जेषबम मल्ल, मुकुन्द भण्डारी र लालप्रसाद घर्ती छन् । ७ जना समानुपातिकमा परेका छन् ।
(ख) क्षेत्रमा ४ जना प्रत्यक्षमा छन् । जीत शेरचन, द्रोण कुंवर, टेकराज पोडेल र सागर छन्त्यालको नाम रहेको छ । ६ जना समानुपातिकमा सिफारिस भएका छन् । प्रत्यक्ष र समानुपातिकमा सिफारिस भएका आधाबढी स्थानीय तह निर्वाचनमा प्रतिष्पर्धा गरेका, हारेका र आकांक्षीहरु पनि छन् । एमालेले संघीय निर्वाचनका लागि क्षेत्र नं. १ को प्रत्यक्षमा पूर्व अध्यक्ष श्रीप्रसाद शर्मा र डा. सूर्य पाठकलाई सिफारिस गरेको छ । भने क्षेत्र नं. २ मा मोहनलाल शर्मालाईमात्र सिफारिस गरेको क्षेत्रीय अध्यक्ष बिष्णुप्रसाद भुषालले बताए । क्षेत्र नं. १ (क) मा पार्टी अध्यक्ष इन्द्रलाल सापकोटा, युवा संघका पूर्व उपाध्यक्ष हिरा केसीको नाम सिफारिस गरेको छ । १ ख क्षेत्र नं. २ (क) मा ६ जनाको नाम सिफारिस गरेको छ । प्रेम खरेल, तीर्थमणी भूषाल, रत्ना भण्डारी, गुणनीधि घिमिरे, कमल घिमिरे र यम श्रीषलाई तथा २ (ख)मा दधीराम शर्मालाई सिफारिस गरेको हो । संघको जिल्लाबाट समानुपातिक तर्फ वैकल्किप केन्द्रीय सदस्य मना केसी, केन्द्रीय प्रचार विभागका पूर्व सदस्य हरिनारायण गौतम, भीमप्रसाद गौचन(सुनिल), केन्द्रीय निर्वाचन विभागका सदस्य ममतदेवी शर्मा, पार्टी जिल्ला सचिव लालबहादुर थापा, प्रवास वैकल्पिक केन्द्रीय सदस्य तिलबहादुर विक छन् । एमाले केन्द्रले एक निर्वाचन क्षेत्रबाट बढीमा ३ जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । प्रदेश तर्फ समानुपातिकका बस्न रुचाउने झण्डै २७ आकांक्षी छन् । माओवादी केन्द्रले सिफारिसका लागि बैठक जारी रहेको र सोही बैठकले नाम टुंगो लगाउने जिल्ला सेक्रेटरी ज्ञामनाथ गैह्रेले बताए ।
आकांक्षी सबै क्षेत्रमा प्रसस्तै भएको उनको टिप्पणी छ । आकांक्षीको नाम उनले गोप्य राखेको बताए । राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिले बागलुङ क्षेत्र नं. १ का लागि जिल्ला अध्यक्ष अमर थापाको नाम घोषणा गरिसकेको छ । ‘संघका लागि क्षेत्र नं. २ मा र प्रदेशका लागि नाम सिफारिस गर्न ३ जनाका दरले आकांक्षी खोजेका छौं’ थापाले भने, ‘आईतवारसम्म टुंगो लगाउने योजना छ ।’ बाम एकतामा नपरेकोले राष्ट्रिय जनमोर्चाको केन्द्रीय छलफलले मात्र अन्तिम टुंगो लगाउने उनले बताए । बाम तालमेलको कुरा भएकोले कतिपयले उमेदवार छनौटमा ढिलाई गरेका छन् । कुन क्षेत्र कसको भागमा पर्ने भन्ने यकिन नभएकोले उमेदवार घोषणा गरेर फिर्ता गर्नुपर्ने आशंका एक कार्यकर्ताले बताए ।