बागलुङ, २२ असोज––राष्ट्रिय सहकारी बैंक लिमिटेडका केन्द्रीय सञ्चालक रामबहादुर जिसीले राज्यले आर्थिक विकासका ३ खम्बा मध्ये एक महत्वपूर्ण खम्बाका रुपमा सहकारी उल्लेख गरेकोले सहकारीको योगदान राज्यका हरेक क्षेत्रमा ३३ प्रतिशत पु¥याउनु पर्नेमा जोड दिएका छन् । अभियान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको ११ औं वार्षिक साधारणसभाको शुक्रवार उद्घाटनपछि बोल्दै जिसीले यस्तो बताएका हुन् ।
राज्य सञ्चालनका लागि आवश्यक पर्ने हरेक क्षेत्रमा सहकारीको ३३ प्रतिशत योगदान र सहकारीको प्रवद्र्धनका लागि राज्यले ३३ प्रतिशत योगदान गर्ने गरी अबका दिनमा सहकारी अभियानलाई अगाडि बढाउनु पर्नेमा उनले जोड दिए । कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, बागलुङ नगरपालिका वडा नंं ४ का वडा अध्यक्ष ध्रुवबहादुर केसी, संस्थाका निवर्तमान अध्यक्ष केदारनाथ उपाध्याय लगायतले अभियान सहकारी लगायत देशभरका सहकारीले समाज रुपान्तरणमा गरेको योगदान उल्लेख्य भएको भन्दै यसको थप प्रवद्र्धनमा जोड दिएका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष बाबुराज कार्कीको अध्यक्षता, उपाध्यक्ष देवी शर्माको स्वागत र सचिव प्रकाश शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सचिव शर्माले प्रगति प्रतिवेदन, कोषाध्यक्ष गणेश शर्माले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक टिकाराम आचार्यले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । बागलुङको उपल्लाचौरमा कार्यालय रहेर नगर र गाउँ क्षेत्रका ६ सय २० जना शेयर सदस्यसंग कारोबार गर्दै आइरहेको अभियान बहुउद्देश्यीय सहकारी संस्थामा १ करोड ७१ लाख, ५६ हजार २ सय शेयर पूँजि, ९ करोड ५२ लाख ७२ हजार १ सय ८५ वचत र ९ करोड ७७ लाख ३ हजार ७ सय ३३ रुपैया कर्जा लगानी रहेको कोषाध्यक्ष गणेशप्रसाद शर्माले जानकारी दिए । संस्थाले वचत तथा ऋणका साथै रेमिट्यान्स, मोवाइल रिचार्ज लगायतका काम गर्दै आइरहेको सचिव प्रकाश शर्माले जानकारी दिए । साधारणसभामा उत्कृष्ट व्यवयासी, शिक्षा क्षेत्रमा उल्लेख प्रगति गर्ने, उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य र उच्च माध्यमिक विद्यालयमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो । यसैबीच, संस्थाले नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । महासंघले निर्माण शुरु गरेको भवनको सहयोगका लागि भन्दै संस्थाका अध्यक्ष बाबुराज कार्कीले महासंघका अध्यक्ष दिल शिरिषलाई नगद ५ हजार प्रदान गरेका थिए ।
Previous Articleउत्पादनमा ध्यान दिउँ:खड्का
Next Article उम्मेदवार टुंगो लगाउन अन्तिम कसरतमा दलहरु