बागलुङ,२२ असोज –कामधेनु दुग्ध उत्पादक सहकारी संस्था लि. बागलुङको छैठौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै सहकारी तथा गरिवी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले अबका सहकारी संस्थाहरुले उत्पादन प्रशोधन र बजारीकरणमा जोड दिनुपर्ने कुरा व्यक्त गरिन् ।
सहकारी संस्थाहरुले उत्पादनमुखी कार्यमा लगानी गरी शेयर सदस्यको आर्थिक विकासमा टेवा पु¥याउनु पर्ने भन्दै शंसोधित ऐनले यी कुरालाई समेटेको राज्यमन्त्री खड्काको भनाई थियो । कार्यक्रममा संस्थाका सल्लाहकार चण्डिप्रसाद शर्मा पौडेलले दुग्धजन्य पशुपालक किसानहरुलाई संगठीत गराई किसानहरुको आर्थिक स्तर माथि उठाउने कार्यमा कामधेनु लाग्नुपर्ने भनाई राखेका थिए । कार्यक्रममा संस्थाका सल्लाहाकार खिमानन्द पौडेलले बोलेका थिए ।
संस्थाका अध्यक्ष मुक्तिराम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको समग्र प्रतिवेदन कोषाध्यक्ष नवराज पौडेलले प्रस्तुत गरेका थिए । कार्यक्रम संस्थाका सह–सचिव डिलप्रसाद कँडेलको स्वागत र सचिव भीमबहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।