म्याग्दी,२१ असोज–एभरग्रीन युवा क्लबले बेनी नगरपालिका–७ विरेन्द्रचोकमा रहेको चौतारी मर्मतमा सहयोग गरेको छ । क्लबको सामाजिक उत्तरदायित्व बहन गर्ने अभियान अन्र्तरगत चौतारीको मर्मत तथा पेन्टिङमा करिव १६ हजार सहयोग गरेको क्लवका अध्यक्ष ललित पुर्जाले बताए । ‘हामीले सामाजिक उत्तरदाहित्व अन्र्तरगत धेरै कामहरु गरेका छौ । खेलकुद मात्रै नभई समाजमा आवश्यक पर्ने विभिन्न कार्यहरुमा सहयोगलाई निरन्तरता दिनेछौ’ उनले भने । विरेन्द्रचोक टोल सुधार समितिको सरसफाई अभियानबाट प्रभावित भएर क्लवले चौतारीका विश्राम लिन आउनेलाई सफा र सुन्दर देखाउने गरी भविस्यमा समेत विभिन्न सहयोग गर्ने जनाएको छ । क्लवले यसअगाडी गलेश्वरका बृद्धबृद्धालाई भोजन, बेनी नगरपालिका–१० पात्लेखेतमा केहि समयअघिको अविरल बर्षाका कारण घरबारबिहिन भएका पाँच घर पहिरो पीडितलाई नगद ५÷५ हजार रुपैयाँका दरले सहयोग समेत गरेको थियो । क्लवमार्फत आयोजित फुटबल प्रतियोगिताबाट संकलन भएको आर्थिकलाई क्लवले सामाजिक कार्यमा सहयोग गरेको हो ।
Previous Article‘माओवादीसँग एकताबारे ओलीले सोधे, मैले अघि बढिहाल्न भनें’
Next Article सडक सास्ती : दशै मानेर फर्कने मर्कामा