बागलुङ,२१ असोज–दशै मानेर सदरमुकाम फर्कने यात्रीले सास्ती खेप्न बाध्य भएका छन् । अधिकांस गाउँबाट आउने जिपमा मनोमानी भाडा असुलीले उनीहरुले सास्ती खेपेको गुनासो गरेका छन् । सदरमुकामदेखि गाउँ जाँदा पनि स्थानीयले यो सास्ती खेपेका थिए । दशै लागेदेखिनै चल्तीको दरभन्दा धेरै भाडा लिएको यात्रीले गुनासो गरे । टिकट नकाटीकन हिडेका यात्रीलये यस्तो समस्या भोगेको उनीहरुको गुनासो छ । ‘गलकोट जाँदा तोकेभन्दा डेढसय रुपैयाँ बढी भाडा तिर्नु प¥यो’ जापानदेखि आएका गलकोटका कृष्ण खत्रीले भने, ‘गाडी छैन भन्ने, टिकट नकाटेर होटलबाटै बढी भाडा मागेर गाडीमा पु¥याए ।’ लामो समय जिल्ला नबसेकोले जिप पार्क, काउन्टर र भाडा बारे अनविज्ञ हुदा बढी तिर्नुपरेको उनले बताए ।
जान्छ जान्छ भनेर जिपको चालकले लामो समय झुलाईदिएको उनले गुनासो गरे । ‘चौविस घण्टासम्म ष्स्जििपकै लागि कुरेर बस्न बाध्य भएँ’ खत्रीले भने, ‘सबारी साधन नपाएर बस्नुपर्दा थप २ हजार खर्च भयो ।’ यस्तो समस्या भोग्ने धेरै भएको उनले गुनासो गरे । सदरमुकामदेखि मध्य पहाडी लोकमार्ग भएर गलकोट, खरवाङ, ग्वालीचौर, बुर्तिवाङ, देविस्थान, बोहोरागाउँहुँदै निसीसम्म जिप चल्छन् । धौलागिरी यातायात जिप व्यवसायी समितिले भने सदरमुकामबाट दैनिक १ सय ५० जीप गाउँमा छुटाएको क्यु प्रमुख कुशल खड्काले बताए । केहीले काउण्टर छलेर चर्को शुल्क उठाएको गुनासो आएपछि समितिले छानबिन गरी कारवाही गरेको उनले बताए । ‘यात्रीलाई समस्या नहोस् भनेर पहल गरिरहेका छौं, तर केही यात्री अझै ठगिएकोमा दुखी छौं’ खड्काले भने । धौलागिरी अञ्चल यातायात बस व्यवसायी समितिले पनि मुख्य बजारक्षेत्रमा बस चलाएको छ ।
बिहुँ, कुश्मीसेरा, लेखानी, हरिचौर लगायतका स्थानमा बस सेवा पनि चलेकोले ठूलो भीड नहुने उनले प्रष्ट पारे । मध्य पहाडी बाहेक अन्य सबै गाउँ जाने सडक बर्षातले जीर्ण भएका छन् । मर्मतका लागि केही स्थानमा बजेट बिनियोजन भएपनि काम भएको छैन । सिगानादेखि गाजादहहुँदै बरेङ जाने सडक जीर्ण भएपछि यात्रीले सास्ती खेपेको बताए । ‘पैदल यात्रा गर्दा १० घण्टासम्म लाग्छ । जीप चढेर गएपनि उत्तिकै जोखिम छ’ एक यात्रीले भने्, ‘चाडपर्व आएपछि घर जानेमै चिन्ता छ ।’ सदरमुकाम देखि रायडाँडा जानेहरु सामान जीपमा पठाएर अधिकांस पैदलै हिड्छन् । सडकमा सास्ती खेप्नुपरेकोले पैदल हिडेको उनीहरुको भनाई छ । कुश्मीसेरा, पैयुँथन्थाप, जलजला, सिसाखानी, रिघातर्फ जाने सडक बर्षातपछि मर्मत भएको छैन ।
Previous Articleविरेन्द्रचोकमा रहेको चौतारी मर्मतमा सहयोग
Next Article मुक्तिनाथ जान हिडेकाको जिल्लामा चहलपहल