बागलुङ, २८ भदौ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सोमबार प्रकाशित गरेको छ । सोमबार सार्वजनिक भएको नतिजामा नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत पास भएका छन् ।
नियमिततर्फ सहभागी एक लाख ७५ हजार पाँच सय ९३ जनामध्ये ८४ हजार सय ९३ जना पास भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यस्तै आंशिकतर्फ ३९ दशमलव ५९ प्रतिशत पास भएका छन् ।
आंशिकतर्फ सहभागी भएका एक लाख २३ हजार एक सय ८१ जना सहभागी भएकोमा ४८ हजार सात सय ६३ जना पास भएका छन् । एक विषयसम्म फेल भएकाको मौका परीक्षा कात्तिक ६ गते छ ।
गत बैशाखमा सञ्चालित परीक्षामा नियमितमा ३८ र आंशिकमा ३६ जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।खेप्नुपरेको मुस्ताङीको भनाई छ । –हरिकृष्ण गौतम
Previous Articleदशैतिहारलाई २५ हजार भेडाच्याङ्ग्रा
Next Article सर्वसम्मत रुपमा प्रअ नियुक्ति