बागलुङ, १६ असोज – तमानखोला गाँउपालिकाका अध्यक्ष जोकलाल बुढाले तमानखोलामा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बढाउन विशेष पहल गर्ने बताएका छन् । तमानखोला गाँउपालिका वडा नं. १ स्याउलामा आईतवार नव प्रगतिशील युवा क्लवको १० औ बार्षिक उत्सव तथा विजयादशमीको अवसरमा आयोजित खेलकुद तथा साँस्कृतिक कार्यक्रमको उदघाटन गर्दै यस्तो बताएका हुन् ।
अध्यक्ष बुढाले पछिल्लो समय समुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्कदै गएको र विद्यार्थीहरुको आकर्षण सामुदायिक विद्यालय तर्फ घट्दै गएको भन्दै गाँउपालिका स्तरका समुदायिक विद्यालयहरुका शैक्षिक विकासमा गाँउपालिकाले सक्दो सहयोग गर्ने बताए ।
क्लवले दशौँ बार्षिक उत्सव तथा विजया दशमीको अवसरमा पुरुष तथा महिला भलिवल प्रतियोगिता, खुल्ला ताराखेल प्रतियोगिता, दोहोरीगीत प्रतियोगिता, घैटोफोर प्रतियोगिता र छेलो प्रतियोगिताको आयोजना गरेको छ । क्लवका अध्यक्ष दवीर रसाईलीको अध्यक्षता भएको कार्यक्रममा क्लवका उपाध्यक्ष नर बहादुर रसाईलीको स्वागत मन्तब्य , सञ्चालन सचिव कविन्द्र सिउठानी मगरले गरेका थिए ।
Previous Articleमेलाबाट फर्किएको बोलेरो म्याग्दीको कुहुँमा दुर्घटना
Next Article कस्तो रहयो म्याग्दीका जनप्रतिनिधिको सय दिन ?