म्याग्दी, १६ असोज – मंगला गाउँपालिका–१ कुहुँमा आइतबार साँझ बोलेरो जीप दुर्घटना भएको छ । कुहुँमा आयोजित मेलाबाट फर्किएका यूवाहरु सवार रहेको ग १ च ८७९२ को बोलेरो कुहुँको पहिरोे भन्ने ठाउँमा दुर्घटना हुदाँ ६ जना घाईते भएको स्थानीय सुरेश पुनले बताए । ‘क्षमताभन्दा धेरै यात्रु सवार थिए । घटनास्थलबाट घाईतेलाई बेनी अस्पतालमा पठाइएको छ’ पुनले भने ।
उनले बोलेरोको पछाडी सवार यात्रुहरु हाम फालेर ज्यान जोगाएका थिए । ६ जनाको क्षमता रहेको बोलेरोमा करिव १६ जना यात्रु सवार रहेको प्रत्यक्षदर्शीले बताएका छन् । क्षमताभन्दा धेरै यात्रु सवार रहेको थिए । घाईते मध्ये केहीको अवस्था गम्भीर रहेको छ । घाईतको पहिचान हुन सकेको छैन् । तातोपानीका बिशान्त कँडेलको बोलेरो रहेको उद्धारमा खटिएका यूवाले बताएका छन् । घाईतेको बेनी अस्पतालमा उपचार भइरहेको छ ।
मेलाबाट फर्किएको बोलेरो म्याग्दीको कुहुँमा दुर्घटना
Previous Articleकेटलोनिआमा जनमत संग्रह रोक्न व्यापक दमन
Next Article शैक्षिक गुणस्तर बढाउन विशेष पहल – अध्यक्ष बुढा