बागलुङ, १२ असोज – कृषि कार्यालय बागलुङले प्रत्येक बर्ष प्रदान गर्ने कृषि पुरस्कारवाट बागलुङ का ३ जना पत्रकार सम्मानित भएका छन् । कृषि कार्यालय बागलुङले प्रत्येक बर्ष प्रदान गर्ने कृषि पुरस्कार २०७३ वाट बागलुङमा रहेर बिभिन्न संचार माध्यममा काम गर्ने ३ जना पत्रकारलाई जनही ५ हजार, दोसल्ला र सम्मानपत्रद्धारा सम्मान गरिएको हो ।
छापा माध्यमतर्फ नागरिक दैनिकका सम्वाददाता संगम घर्ती, बिद्युतिय संचारमाध्यमवाट रेडियो परिवर्तनमा कार्यरत पत्रकार सुमन सुनार र न्यु मिडियाका तर्फवाट गल्कोट अनलाइन डटकमका बालकृष्ण सुवेदीलाई कृषि क्षेत्रको बिकासका लागि पत्रकारिताबाट पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
पत्रकारहरुलाई सम्मान गर्दै सहकारी तथा गरिवि निवारण राज्यमन्त्री चम्पादेवि खड्काले कृषि प्रदान देश भएकाले कृषिको प्रवद्र्धनका लागि संचार माध्यमको भुमिका महत्पुर्ण हुने भएकाले पुरस्कारले थप प्रेरित गर्ने बताइन । कृषिको व्यवसायीकताका लागि आधुनिकरण र यान्त्रिकीकरणको आवश्यकता रहेको उनको भनाई थियो । आयतलाई प्र्रतिस्थापन र निर्यातलाई बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताउँदै मन्त्री खड्काले यसका लागि सबैले आ–आफ्नो क्षेत्रवाट भुमिका निर्वाह गर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा स्थानिय बिकास अधिकारी रामप्रसाद आचार्य, नेपाल पत्रकार महासंघका सल्लाहकार रामबहादुर जिसी, मुकेशचन्द्र राजभण्डारी, राजनैतिक दलको तर्फवाट राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य थानेश्वर सुवेदी, उच्च अदालत बार इकाइ बागलुङका अध्यक्ष केशवराज पराजुली, नागरिक समाजका संयोजक काजी गाउँले श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ र जिल्ला कृषि बिकास कार्यालयका प्रतिनिधी राजु शर्माले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषको अध्यक्षता, उपाध्यक्ष उषा पौडेलको स्वागत र सचिव राम थापाको संचालनमा सम्पन्न भएको थियो ।
बागलुङका तीन पत्रकारलाई कृषि पत्रकारिता पुरस्कार
Previous Articleदिगो अर्थतन्त्रको स्रोत पर्यटन क्षेत्र
Next Article मजबुत एकता, भातृत्व र सद्भावको विकास गर्न शुभकामना