बागलुङ, १२ असोज – बागलुङ नगरपालिकाले बिजया दशमी, दिपावली, छठ, नेपाल सम्वत लगायतका चाडपर्वका अवसरमा बिहिवार चियापान कार्यक्रम सम्पन्न गरेको छ । बागलुङ बजारको ऐश्वर्यपार्कमा आयोजित चियापान कार्यक्रममा नगरपालिकाका निर्वाचित जनप्रतिनिधि, बिभिन्न राजनीतिक दल, सामाजिक सघं संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अभियन्ता, पत्रकार लगायत बिच एक आपसमा शुभकामना आदान प्रदान गरिएको थियो ।
कार्यक्रममा सहकारी तथा गरिबी निवारण राज्य मन्त्री चम्पादेवी खड्का, बागलुङका प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापा लगायत सहभागी थिए । बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल र उपमेयर सुरेन्द्र खड्काले नगरपालिकाको विकासका लागि सबै सरोकारवाला पक्ष बिच अझ मजबुत एकता, भातृत्व र सद्भावको विकास गर्न शुभकामना आदान प्रदान सहित चियापान कार्यक्रम राखिएको बताए ।