बागलुङ–बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङमा वडा स्तरीय रिङरोड निर्माणको लागि उपभोक्ता समितिको गठन गरिएको छ । जिल्ला समन्वय समितिको सभाहल खर्वाङमा भएको उपभोक्ताको भेलाबाट सक्न्यार–सिख्रेदमार–सिमलचौर मोटरबाटो निर्माण समितिको अध्यक्षमा ढालेन्द्र शेरचन, उपाध्यक्षमा मनबहादुर थापा, सचिवमा प्रेम अर्याल, सहसचिवमा जिवन थापा, कोषाध्यक्षमा विष्णुमाया अर्याल लगाएत रहेका छन् ।
त्यस्तै भेलाबाट कृषि समन्वय समितिको पनि गठन गरिएको छ । जसको अध्यक्षमा मेघनाथ खरेल, उपाध्यक्षमा धनमाया पोखरेल, सचिवमा शेर बहादुर श्रीस, सहसचिवमा धनुराम पौडेल, र कोषाध्यक्षमा टोपबहादुर भुजेल लगाएत रहेका छन् । त्यस्तै भेलाले टोल सुधार तथा शुरक्षा समितिको अध्यक्षमा कार्यवाहक वडा अध्यक्ष हिमा खरेल, उपाध्यक्षमा मनबहादुर थापा, सचिवमा टेक वहादुर भुजेल लगाएत रहेका छन् । त्यस्तै बडिगाड गाउँपालिकाको वडा नं. ६ मा पनि टोल सुधार तथा सुरक्षा समितिको गठन गरिएको छ । इलाका प्रहरी कार्यालय भिमगिठेको सक्रियतामा गठित सो समितिले अवैध मदिरा नियन्त्रण गर्ने, खोरखोरे, जुवातास लगाएतका खेल नियन्त्रण गर्ने, बेलुका ८ बजेभित्र होटल तथा पसल बन्द गर्ने निर्णय गरेको छ ।
वडा नं. ६ का वडा अध्यक्ष मौसमकाजी खत्री, प्रहरी नायव निरिक्षक भोजबहादुर बानियाँ लगाएतको सहभागिता रहेको सो भेलाले प्रेम बहादुर केसी संयोजक तथा टोपबहादुर माखिम उपसंयोजक रहेको २१ सदस्यीय समितिको गठन गरेको हो ।