बागलुङ–नेकपा (माओवादी केन्द्र) का नेता एवम् पूर्व शिक्षा मन्त्री दिनानाथ शर्माले संविधान कार्यान्वयनमा देखिएको आशंका समाप्त भएको बताएका छन् । प्रेस सेन्टर नेपाल बागलुङ शाखाद्वारा आइतबार यहाँ आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले मुलुक शान्ति र समृद्धिको युगमा प्रवेश गरेको धारणा राखे । स्थानीय तह निर्वाचनको सफलता र आसन्न संघ तथा प्रादेशिक निर्वाचनको सुनिश्चितताले संविधान कार्यान्वयन पूर्णतातिर अघि बढेको उनको भनाई छ ।
‘संविधानमा असन्तुष्ट पक्ष समेत निर्वाचनमा आइसकेको छ’ नेता शर्माले भने ‘संविधान कार्यान्वयको आशंका हटेको छ ।’ स्थानीय तहको निर्वाचनले राष्ट्रिय एकता पैदा गरेको उनले बताए । संघ र प्रदेशको निर्वाचनपछि मुलुक शान्ति, स्थायीत्व र समृद्धिको दिशामा अघि बढ्ने उनको भनाई छ । नेता शर्माले निर्वाचनमा परिवर्तन पक्षधर जुनसुकै दलसँग तालमेल गरेर जान माओवादी केन्द्र तयार रहेको बताए । नेता शर्माले स्थानीय स्तरमा पार्टीको हित र अनुकुलता हेरेर तालमेलमा जान सकिने धारणा राखेका थिए ।
Previous Articleबिकाशका लागी बिभिन्न समिती गठन, मदिरा नियन्त्रण गरिने
Next Article फस्टाउँदो अबैध कारोबार,अवैध चाँदीसहित भारतिय पक्राउ