बागलुङ–चारतारे युवा क्लव (सिवाईसी) नेपालले सञ्चालन गरिरहेको लघुवित्त कार्यक्रमअन्तर्गत उच्च व्यवस्थापनका कर्मचारीहरुका लागि आयोजना गरेको ५ दिने अध्ययन अवलोकन भम्रण कार्यक्रम सम्पन्न भएको छ ।
संस्थामा रहेको व्यवस्थापन टिमको अध्ययन अवलोकनको माध्यमबाट क्षमता अभिबृद्धि गर्ने, देशको पुर्वि क्षेत्रका लघुवित्तीय संस्थाहरुले गर्दै आईरहेको लघुवित्त कार्यक्रम सञ्चालन तथा व्यवस्थापन प्रणालीको बारेमा जानकारी लिने, लघुवित्त कार्यक्रम संगसंगै संस्थाहरुले सञ्चालन गरेको गैरवित्तीय तथा सामाजिक कार्यहरुको अध्ययन अवलोकन गर्ने तथा त्यस क्षेत्रमा अवस्थित पर्यटकीय स्थलहरुको भ्रमण गर्ने उद्देश्यले भ्रमण कार्यक्रम गरिएको हो । बागलुङ बजारदेखि सुरुवात भएको भ्रमण कार्यक्रम सिराह, सप्तरी, विरानगर, ईलाम र चितवन लगाएतका विभिन्न स्थानको अवलोकन गरी पुन बागलुङ बजारमा आई समाप्त भएको थियो ।
भ्रमणका क्रममा सप्तरीमा रहेको माहुली लघुवित्तीय संस्था लि. र विराटनगरमा रहेको जीवन विकास समाजसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम तथा ती संस्थाहरुले सञ्चालन गरेका कार्यक्रमहरु र लघुवित्त कार्यक्रमको केन्द्र बैठकहरु प्रतक्ष्य रुपमा अवलोकन गरिएको थियो । भ्रमणकै क्रममा संस्थाको व्यवस्थापन टिमको बैठक चितवनको सौरहमा सम्पन्न गरी भ्रमणबाट सिकेका कुराहरुलाई सिवाईसीमा कसरी लागु गर्न सकिन्छ र आगामी योजना के हुने भन्ने विषयमा व्यापक रुपमा छलफल भएको थियो ।
बैठकमा सहभागि कर्मचारीहरुले भ्रमण कार्यक्रम निकै नै उपलब्धीमुलक र फलदायी भएको र यस्ता कार्यक्रमहरुले कर्मचारीहरुलाई काम गर्न हौंसाला र नयाँ कुराहरुको सिकाई हुने बताउदै समग्र संस्था परिवारलाई भ्रमण कार्यक्रमको आयोजना गरि दिएकोमा आभार व्यक्त गरेका थिए । संस्थाको केन्द्रिय कार्यालयका ५ र १९ वटा शाखा कार्यालयका १९ जना गरी २४ जना भ्रमणमा सहभागी थिए ।
Previous Articleगाउँपालिकाले गर्यो डोजर प्रयोगको रकम तय
Next Article राजनीतिक भागवण्डाले जन्माएका गोपाल खड्काहरु