जेशचन्द्र रा.भ.
नेपाल अहिले सबैभन्दा बढी चर्चित ब्यक्ति कोही छभने त्यो हो नेपाल आयल निगमका तत्कालिन कार्यकारी निर्देशक गोपाल खड्का । नेपालमा सबैभन्दा बढी चर्चित मान्छे मध्यमा पर्छन् । नेपालमा चर्चित मान्छेमध्येमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की सधैभरि नेपालको मिडियामा छाइरहे । २०६२ र ६३ को राजनीति परिवर्तनपछि देशमा राजनीति सुधार हुन्छ भन्ने धेरैले आशा गरेका थिए । त्यो पनि भएन । नेपाली जनता के कुरामा बिश्वत थिए भने मुलुकमा १० बर्षसम्म जनयुद्ध गरेको राजनीतिक पार्टी नेकपा माओबादी शान्ति प्रक्रियामा आएपछि देशमा ठूलो राजनीति परिवर्तन भएको महसुस सारा नेपालीले मात्रै हैन बिश्वमै नयाँ खालको तरङ्ग आएको थियो । देशबाट २४० बर्ष पुरानो सामन्ती राजतन्त्रलाई संसदबाटै सहज रूपमा बिदाई गरेर नेपाली जनताको छोरा राष्ट्रपति बनाउने काम नभएको हैन ।
राजा ज्ञानेन्द्र शाहले पनि आफ्नो सबै शक्ति सहजै परित्याग गरेपछि देशले राजनीति रूपमा आर्थिक फड्को मार्ने नेपाली जनताले आशा गरेका थिए । तर त्यो कुरा भने पुरै निराशामा परिणत हुन पुग्यो । देश १०४ बर्षिय राणा शासनको कारणले बिग्रिएको, फेरि ३० बर्षिय पंचायती ब्यबस्थाले र पछि बहुदलीय ब्यबस्था भित्र भएको बिकृती बिसंगतिले भ्रष्टाचार संस्थागत भएको भन्ने जुन प्रचार–प्रसार थियो त्यो अबश्य पनि रोकिने जनबिश्वास थियो तर १० बर्षको दौरानमा त्यो कम हैन झन् संस्थागत हुदै गएको उदाहरण पेट्रोलियम भण्डारणको लागि आयल निगमको जग्गा खरिद प्रकरण सबैभन्दा बढी चर्चा र चासोको बिषय बन्यो । नेपालको ठूलो मिडियाको कारणले पनि जग्गा खरिद प्रकरणमा खड्काबाट अनियमितता भएको कुरा देउवा सरकारलाई लागेपछि अहिले खड्का बर्खास्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा मन्त्री परिषदको बैठकले खड्कालाई बर्खास्त गरेको हो ।
संसदीय समितिहरूले गरेको एउटा राजनीति दलको भागबन्डामा आयल निगममा कार्यकारी निर्देशक बनेका गोपाल बहादुर खड्काले जुन काम गरे त्यो उनले गर्ने स्वभाबिक काम हो भन्ने कुरा राजनीति सामान्य बुझ्ने मान्छेले पनि जान्ने बुझ्ने कुरा हो । भागबन्डामा हुने मन्त्री नियुक्तिदेखि विभिन्न संघसंस्थामा गरिने राजनीति नियुक्ति पाउन सम्बन्धि मन्त्रीदेखि राजनीतिक दलका नेतालाई लाखौं करोडौं रूपैयाँ नजराना बुझाएर पुग्नु पर्ने भएपछि कसरी त्यो संस्थामा पुग्ने मान्छेले देश र जनताको पक्षमा काम गर्छ त्यो कुरा स्पष्ट छ । कमाउने धन्दाको लागि लगानी गरेका महासयहरूले आफुले लगानी गरेअनुसार नाफा कमाउन जस्तो सुकै हतकन्डा अपनाउछन् भन्ने कुरा अहिले अख्तियारले पटकपटक गरेको कार्बाहीबाट पनि स्पष्ट छ ।
आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का लाई अहिले दोषी देखाउन खोजिएको छ त्यो सरकारले अख्तियार गर्नुपर्ने काम हो तर त्यति ठूलो भ्रष्टाचार अनियमितता गर्ने हिम्मत गोपाल बहादुर खड्काले एक्लै त अबश्य पनि गरेनन् । साँच्चै आयल निगमलाई अहिले पेट्रोलियम पदार्थ भण्डारण गर्ने ठाउँ अपुग भएको कारणले पनि त्यसको लागि जग्गा चाहिएको भने अबश्य हो । गतबर्ष छिमेकी मुलुक भारतले नाकाबन्दी गरेको समयमा त्यो कुरा सारा नेपालीले महसुस नगरेको हैन । साँच्चै बिपत्तिको समयमा कमसेकम ६ महिनालाई पुग्ने पेट्रोलियम पदार्थको भण्डारण हामीले गर्नुपर्ने रहेछ । हामी संग भण्डारण क्षमता ३० बर्ष अगाडिको छ तर यातायातको चाप भने थेगी नसक्नु छ । हो हिजो टाट पल्टिएको आयल निगमलाई आज ऋण मुक्त गरि अहिले नाफामा लगेर सकारात्मक काम गरेकोलाई पनि हेर्न जरुरी छ । तर मौकामा चौका हान्ने प्रबृत्ति कै कारण अहिले आयल निगमको जग्गा खरिदमा करोडौ अनियमितता र चलखेल भएको भने स्पष्ट छ । अहिले निगमले खरिद गरेको भैरहवा, झापा, चितवन र सर्लाहीमा चलन चल्तीको मुल्यभन्दा तीन गुणा बढीमा खरिद गरेर निगमलाई आर्थिक रूपमा भार पार्नुका साथै करोडौ रूपैयाँ अनियमितता गरेको कुरा अहिले हैन जग्गा खरिद गरेको समयमा नै थाहा नभएको पनि हैन ।
मालपोत कार्यालय, नगरपालिका र प्रशासन सबै जानकार हुदाहुदै पनि भण्डारण गर्ने जग्गा खरिद गरियो । यो अपचलनको बिषयमा मिडियामा सामाजिक संजालमा जे जति कुरा बाहिर आएपनि न त यसबारे सरकार गम्भीर भयो न त सरोकारवाला निकाय नै न त अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै दाई त काले भाई पनि काले, काले–काले मिलेर खाउ भाले भन्ने सिद्धान्त अनुसार नै आयल निगम पनि अगाडि बढ्यो भने सरकार मुकदर्शक बन्ने भन्दा अरू केही भएको देखिएन । बहुदलीय कालमा देशमा भएका पुरानो उद्योगधन्दा कलकारखाना सबै निजी करणको नाममा कि त कौडीको भाउमा बेच्ने काम नभएको हैन अहिले फेरि भागबन्डाको राजनीति भागबन्डा कै संस्कृति मौलाएको कारणले पनि आयल निगममा गोपालबहादुर खड्का जस्तो मान्छे जन्मनुलाई अन्यथा मान्न सकिदैन । अहिले सरकारले आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्कालाई बर्खास्त गरेको छ । साँच्चिकै अहिले जुन काम भएको छ त्यो कामले अहिले भएको सबै घोटाला बाहिर आए जस्तो कार्बाही हुन्छ कि हुन्न त्यो भने हेर्न बाँकी नै छ । अहिले देशको ठूलो मिडियाले जसरी मिसनको रूपमा आयल निगमका प्रमुख गोपाल बहादुर खड्काले गरेको अनियमितता लाई जबर्जस्त रूपमा सरकारलाई कार्बाही गर्न बाध्य बनायो यसलाई सफलता मान्नुपर्छ । तर हिजो जसरी मिसन प्रयोग गरियो आज पनि गोपाल खड्का लगायतका भ्रष्टाचारी देश डुबाउने शक्ति केन्द्रका मतियारलाई कार्बाही गरेर कमिशन खाएको पैसालाइ फिर्ता गराउने काम गर्नुपर्छ ।
हिजो आयल निगममा सिफारिस गर्ने राजनीति नेतृत्वलाई समेत सामाजिक कार्बाही गर्न जरुरी छ । खाली कार्बाहीको नाममा गोपाल खड्कालाई मात्रै कार्बाही गरेर प्रमुख महासयहरूलाई उन्मुक्ति दिने काम भने रोक्न जरुरी छ । अहिले गोपाल बहादुरलाई कार्बाही भएपनि भोलि अर्को गोपाल बहादुरहरू जन्मिरहने छन् । त्यसकारण मोटो रकम लिएर राजनीति नियुक्ति दिने प्रचलनको अन्त्य गर्न जरुरी देखिन्छ । अहिले पंचायतमा भन्दा पनि खुलेआम कमिशन भ्रष्टाचार संस्थागत भएको छ यसलाई अहिले देखि नै रोक्न सबै सरोकारवाला एकजुट हुन जरुरी छ । नेपालको कानुन नीति नियम पनि समय अनुसार परिवर्तन गर्न जरुरी छ । देश डुबाउने भ्रष्टाचार गर्ने जुनसुकै भएपनि त्यस्ता ब्यक्तिलाई सर्बस्व हरण सहित फासी दिने ब्यबस्था हुन जरुरी छ । नेपालको कानुन दैबले जानुन् भनेझै अरबौ रूपैयाँ अपचलन गर्न भुमिका खेल्ने चुडामणि शर्मालाई अदालतले सामान्य तारिखमा छोड्ने, सामान्य जनतासंग लाखौ धरौटी माग्ने कामको समेत लेखाजोखा हुन जरुरी छ । अहिले हाम्रो राजनीति ब्यबस्था चुनाव लड्नलाई गर्नुपर्ने करोडौ खर्च सबै अहिले अनियमितताको जड हो । यसलाई सच्याउन नसक्दासम्म यो प्रबृत्ति देखा परिरहने छ ।
Previous Articleचार तारेको अवलोकन भ्रमण उपलब्धीमुलक
Next Article अब पर्यटनमा ध्यानअब पर्यटनमा ध्यान