बागलुङ–बडिगाड गाउँकार्यपालिका को बैठक ग्वालीचौरमा हालै सम्पन्न भएको छ । बैठकले गाउँ–गाउँमा सडक पूर्वाधार निर्माण भैरहेको सन्दर्भमा स्काभेटर तथा डोजरको अधिकतम भाडा तय गरेको छ । जसअन्तर्गत चेन सहितका ठूला डोजर तथा स्काभेटरको प्रतिघण्टा वकेटको लागी अधिकतम ५५ सय र ब्रेकरको लागी ६५ सय, सानो टायर सहितको स्काभेटरको अधिकतम प्रतिघण्टा २८ सय कायम गरेको छ । सो मुल्यभन्दा माथिको विल पास नगर्ने भेलाले निर्णय गरेको छ । बैठक गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाको अध्यक्षता तथा कार्यकारी अधिकृत दुर्गा पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleपिताको स्मृतिमा विद्यालयलाई जग्गादान
Next Article चार तारेको अवलोकन भ्रमण उपलब्धीमुलक