बागलुङ/ मृगौला सम्बन्धी रोगका कारण उपचार गर्न हिडेको एक बर्ष सम्म पनि संभव नभएपछि खुंखानीको एक परिवारले सहयोगको याचना गरेको छ । तमानखोला ५ का काजीलाल कामीका १० बर्षिय छोरा धनबहादुरको उपचारमा एक बर्ष देखि पाल्पा मिसन अस्पतालले राखेपछि अलपत्र छाडिदिएको थियो । पाल्पामा रहदा पिडित परिवारले ५ लाख रुपैयाँ खर्च गरेका थिए । चल सम्पत्ति सबै सकिएपछि अस्पतालले फिर्ता पठाएपछि परिवारले पत्रकार मार्फत सहयोगको याचना गरेको हो । उनको सहयोगका लागि नेपाल बैंकको खाता नम्बर १२१०१०१११४४८३८०००००१ मा जम्मा गरिदिन आग्रह गरिएको छ ।
Previous Articleसिम्रिकको शुभकामना आदान प्रदान
Next Article समृद्विका लागि स्थिर सरकार