बागलुङ/ सिम्रिक कृषि तथा पशु व्यावसायीक सहकारी संस्था लि. बागलुङले शनिबार विजयादशमी तथा शुभदिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वयन समितिका उपप्रमुख विष्णु भुषालले नेपालीहरुको महानचाड विजयादशमी तथा शुभदिपावली धेरै भड्किलो नभई सामान्य रुपमा मनाउन आग्रह गरे ।साथै उनले अब सिम्रिक सहकारीलाई प्रदेश नम्वर ४ को नमुना बनाउनुपर्नेमा जोड समेत दिए । कार्यक्रममा सहकारीका संरक्षक मणिभद्र शर्मा, काँठेखोला गाउँपालिका–२ का वडा अध्यक्ष विद्यापति शर्मा, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, संस्थाका कानुनी सल्लाहकार हरिकृष्ण सुवेदी, सल्लाहकार हरिनारायण गौतम, दुर्गा कुँवर, कल्लाणकारी सहकारी संस्था लि.का उपाध्यक्ष इश्वर ठाकुर लगायतले शुभकामना व्यक्त गरेका थिए । सहकारीका उपाध्यक्ष धन वहादुर कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको स्वागत सहसचिव सचिव खिम बहादुर कार्की र संचालन सचिव चुडामणी शर्माले गरेका थिए ।