बागलुङ/गल्कोट नगरपालिकाले बिहिबार असन्तुष्ट पक्षहरुसँग छलफल गरेको छ । नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले नगरपालिकाका कामप्रति असन्तुटि जनाउँदै ज्ञापन पत्र बुझाएपछि छलपल चलाइएको हो । नगरपालिकाले तोकेको मालपोत, घरधुरी कर लगायतका बिषयमा असन्तुष्टि जनाउँदै तिन पार्टीले दुई दिनअघि नगरपालिकालाई ज्ञापनपत्र बुझाएको ११ नं वडाका वडाध्यक्ष डम्मर बहादुर श्रीषले बताए । नगरपालिकाले गरेका अन्य काममा समेत उनीहरुले असन्तुष्टि व्यक्त गरेका थिए । नगर प्रमुखले एकलौटी निर्णय गर्ने गरेको आरोप लगाउँदै उनीहरुले सर्वमान्य निर्णय गर्न नगरपालिकालाई आग्रह समेत गरेका थिए । बिहिबार अषन्तुष्ट पक्षसँग छलफल गरिएको नगर प्रमुख भरत शर्मा गैरेले बताए । असन्तुष्टि रहेका बिषयहरुमा पार्टिहरुसँग छलफल गरेर अगाडि जाने गरी छलफल भएको उनले जानकारी दिए । तिन पार्टीका प्रतिनिधि र नगरपालिका प्रमुखबीच भएको छलफलमा सुझावसहित नगरपालिकाका कामलाई अगाडी बढाउने सहमति भएको प्रमुख गैरेले बताए । छलफलमा नेकपा एमाले गल्कोट नगर समन्वय समितीको तर्फबाट बिष्णु ढकाल, राष्ट्रिय जनमोर्चा गल्कोट नगर समन्वय समितीको तर्फबाट टंक केसी र नेकपा माओवादी गलकोट नगर समन्वय समितीको तर्फबाट तिलक उप्रेती सहभागी थिए ।
Previous Articleमृगौला फेल भएका थापाद्धारा सहयोगको अपिल
Next Article सिपले दियो गाउँमै रोजगारी