बागलुङ/साल्ड ट्रेडिङ कर्पोरेशन बागलुङले सुपथमूल्य पसल सुरु गरेको १२ दिनमा झण्डै ४२ लाख रुपैंयाँको नुन चिनी बिक्रि गरेको छ । चाड पर्वको बेला उपभोक्ताको सहुलियतको लागि सञ्चालीत पसलबाट ४१ लाख ३८ हजार ८ सय ९० रुपैयाँको नुन चिनी बिक्रि भएको हो । दशैं तिहार तथा छड पर्वको अवसर पारेर सञ्चालनमा ल्याइएको पसलवाट २३ हजार ९ सय २० किलो नुन र ४७ हजार ८ सय ४० किलो चिनी बिक्रिभएको कर्पोरेशनका शााखा प्रमुख मनोज कुमार श्रेष्ठले बताए । उनका अनुसार दैनिक ७ सय देखी ८ सय सम्म उपभोक्ताले नुन चिनी खरिद गर्ने गरेका छन् ।
नुन र चिनिका लागि उपभोक्ताको दैनिक लाइन लाग्ने गरेको छ । बिहान १० बजे देखी बेलुकी ५ बजे सम्म पहिलो आउनेलाइ पहिलो सेवा पद्धती बाट नुन चिनी उपलव्ध गराइएको श्रेष्ठले बताए । धौलागीरीमा एक मात्र डिपो रहेको कर्पोरेशनको सस्तो पसलमा बागलुङ बजारका लगायत म्याग्दी र पर्वतका गाउँहरुवाट समेत उपभोक्ता खरिदको लागी आउने गरेका छन् । नुन चिनि लिन आउने बृद्ध तथा असक्त र सुत्केरी महिलाहरुको लागी छुट्टै लाइनको व्यवस्था गरीको छ । ६ जना कर्मचारी र ३ जना प्रहरी खटीएर आवस्यक व्यवस्था मिलाइरहेको श्रेष्ठले बताए । कर्पोरेशनले आफ्ना स्थायि ३ जना कर्मचारी र ३ जना अन्य कर्मचारीलाइ करारमा नियुक्त गरेर सस्तो पसलमा खटाएको छ ।
Previous Articleजनएकता वचत तथा ऋण सहकारीको साधारणसभा
Next Article यस्तो छ दशैमा प्रहरीको विशेष सुरक्षा योजना